बृक्षारोपण गरी उदयपुरमा २९ औँ विश्व आदिवासी दिवस मनाईयो

पूर्णपुष्टि, २४ साउन ।
उदयपुरमा विश्व आदिवासी दिवस बृक्षारोपण गरी मनाईएको छ । बुधबार आदिवासी जनजातिको भवन परिसरमा बृक्षारोपण गरी दिवस मनाईएको हो । नेपाल आदिवासी जनजाति माहासंघ त्रियुगा नगर समन्वय परिषद र आदिवाजी जनजाति पत्रकार माहासंघ उदयपुरको संयुक्त आयोजनामा कार्यक्रम मनाईएको हो । आदिवासीको २९ औँ र जनजाति पत्रकारको २४ औँ स्थापना दिवसको अवसरमा बृक्षारोपण गरिएको हो । त्रियुगा नगरपालिकाकी उपप्रमुख महेश्वरी राईले बिरुवा रोपेर कार्यक्रमको उद्घाटन गरिन् भने बिभिन्न आदिवासी जनजाति माताहत संस्थाहरुको उपस्थिति रहेको थियो । उक्त दिवस देशव्यापी रुपमा बिबिध कार्यक्रमको आयोजना गरी मनाईएको छ ।

आफ्नो पहिचान प्रति सचेत छु : उपमेयर राई

त्रियुगा नगरपालिकाकी उपमेयर महेश्वरी राईले आफुपनि आदिवासी समुदाय भित्रकै मान्छे रहेको जनाईन् । म आफु पनि पहिचानको बारेमा सचेत छु एउटा ब्यक्तिलाई केन्द्री गरेर आक्रमण गर्नु हुँदैन् राईले भनिन् । उनले आफुलाई एकपटक आक्रमण गरेको समेत जनाईन् उनले यसको बिधिविधान अनुसार पहिचान खोज्न सकिने भएको हुँदा अन्य गतिविधिहरु नगर्न जनाईन् ।

राईले यस २९ औँ विश्व आदिवासी दिवसको अवसरमा सम्पूर्ण देशविदेशमा रहेको आदिवासी जनजाति नेपालीहरु प्रति शुभकामना ब्यक्ति गरिन् । साथै सबै जातजातिहरुको संस्कार संस्कृति, भाषा, पहिचानहरु जोगाउन प्रयास गर्ने पनि जनाईन् । यृस दिवसको उपलक्ष्यमा सबै जातजातिहरु मिलेर बस्न सकुन भन्दै शुभकामना ब्यक्त गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0