उदयपुरमा १ गतेबाट निजी विद्यालय वन्द गर्ने प्याव्सन र नेशनल प्याव्सनको चेतावनी

पूर्णपुष्टि, २५ साउन ।
उदयपुरमा २८ गते निजी विद्यालय वन्द हुने भएको छ । सरकारले ल्याएको शिक्षा विधेयकमा निजी विद्यालय प्रति भएको असरलाई सच्याउन माग गर्दै विद्यालय वन्द गर्ने जनाएको छ । जिल्ला प्याव्पसन र नेसलनल प्याव्सन उदयपुरले बिहिबार पत्रकार सम्मेलन गरी यस्तो जानकारी दिईएको हो ।

प्याव्सन उदयपुरको अध्यक्ष प्रकाश वस्नेतले मन्त्रीपरिषदले पारित गरको उक्त निर्णय तत्काल फिर्ता नगरे भदौ १ बाटो अनिश्चितकालिन विद्यालय वन्दको चेतावनी समेत दिईएको छ । कम्पनीको विद्यालयलाई गुँठीमा परिणत गर्नु पर्ने सरकारको बिधेयक निर्णयमा निजी विद्यालयले आपत्ति जनाउँदै आएको अध्यक्ष वस्नेतले जनाए ।
योँ सँगै छात्राबृत्ति व्यवस्थापन, विद्यालय व्यवस्थापन निति, शिक्षा सँग सम्बन्धित समिति उपसमिति लगायत बुदाहरुमा विमती रहेको अध्यक्ष बस्नेतले जनाए ।
निजी विद्यालयहरु मास्ने तर्फ सरकार लागि परेको आरोप लगाउँदै उनिहरु यसको विरुद्धमा कडाईका साथ उत्रिने जनाएको छ ।

निजी विद्यालयले सरकारलाई गरेको योगदानलाई नहेरी एकतर्फि निर्णय र विधेयकले विद्यार्थी, शिक्षक, सरकार सबैलाई नै अवसर पर्ने जनाएको छ । नेशनल प्याव्सन उदयपुर जिल्लाका अध्यक्ष सुमन चौधरीले निजी विद्यालयको माग व्यवस्था गरे भदौ १ बाट आन्दोलनमा उत्रिने जनाएको छ । विद्यालयको भौतिक साधन सबै सडकमा उतारेर आन्दोलनमा होमिने अध्यक्ष चौधरीको भनाई छ । त्यसको क्षती पूर्ति र निजी विद्यालयको सम्पूर्ण सम्पत्तिको जिम्मेवारी सरकारले नै लिनु पर्ने समेत चेतावनी दिईएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0