उदयपुरमा मदन भण्डारी राजमार्ग सडक अबरुद्ध

पूर्णपुष्टि, २८ साउन ।
बर्षाका कारण उदयपुरमा मदन भण्डारी राजमार्ग सडक अबरुद्ध भएको छ । लगतारको बर्षाले पहिरो खस्दा सवाडरी साधन आवतजावतमा समस्या भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार आईतबार बिहान ३ बजेबाट खसेको पहिरोले करिब ५० मिटर हाराहारीमा सडक पुरेको जनाएको छ । उक्त सडकको पहिरो अहिले पनि हटाउन नसकिएको प्रहरीको भनाई छ ।

जिल्लाको उदयपुरगढी गाउँपालिका वडा नं। ५ स्थित मौवासी खोला पुल नजिक भिषण पहिरा गएको छ । हाल पश्चिम बाट पुर्व तर्फ हिडेका लामोदुरीका सवारी साधनलाइ कटारीबाटै अर्को बाटो पठाइएको छ भने पुर्वबाट पश्चिम हिडेका सवारीलाई गाईघाट बाटै अर्को बाटो पठाईदै आइएको जिल्ला ट्राफिक प्रहारी कार्यालय गाईघाटले जनाएको छ । सडक विभागको जेजिवी पहिरो गएको स्थानमै रहेको कारण बर्षा रोकिनासाथ पहिरो खुलाउने काम सुरु गरिने समेत जिल्ला ट्राफिक प्रहारी कार्यालय गाईघाटले जानकरी दिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0