उदयपुरमा युवा दिवस : मैत्रीपूर्ण फुटवल देखी बृक्षा रोपण सम्म

पूर्णपुष्टि, २८ साउन ।
युवा दिवस २०२३ को अवसरमा उदयपुरमा बिबिध कार्यक्रमको आयोजना गरिएको छ । मैत्रीपूर्ण खेल, बृक्षारोपण, अन्तरक्रिया तथा रेडियो कार्यक्रमको साथमा उदयुरमा भव्य युवा दिवस मनाईएको हो । दिगो विकास लक्ष्य प्राप्तिमा युवाको साथ, हरित विश्व निर्माणमा–हरित सीप विकास भन्ने नाराका साथ छुट्टा छुट्टै समयमा युवामैत्री कार्यक्रमहरुको आयोजना गरिएको हो ।

शुक्रबार युवा रुपान्तरणको लागि सहभागितामुलक मैत्रीपूर्ण फुटवल थारुहट रंगशालामा सम्मपन्न गरियो भने, युवा सहभागीताका लागि युवा सहभागिता बिषयक कार्यक्रम पनि सोही दिन प्रस्तुत गरिएको थियो । यस्तै शनिवारका दिन पर्यावरणीय न्यायको लागि युवा नेतृत्वमा बृक्षारोपण कार्यक्रम र रेडियो कार्यक्रम पनि शनिवार सम्पन्न गरियो । उक्त कार्यक्रमलाई गैसस माहासंघ उदयपुर, जिल्ला युवा संञ्जाल उदयपुर, त्रियुगा नगर युवा तथा खेलकुद विकास समिति, ओरेक उदयपुर र जाल्पा एकीकृत विकास समाजले संयुक्त रुपमा आयोजना गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0