उदयपुरको मौवासेमा अवरुद्ध मदन भण्डारी राजमार्ग अझै खुल्न सकेन

पूर्णपुष्टि, २९ साउन ।
उदयपुरगढी गाउँपालिका ६ मौवासेमा खसेको पहिरोका कारण मदन भण्डारी राजमार्ग हाईवे अझै खुल्न सकेको छैन । पहिरो खसेर शनिवार बाट अबरुद्ध उक्त राजमार्ग खुल्न अझै समय लाग्ने जनाईएको छ । खसेको पहिरो हटाउन सिमित स्रोत साधनका कारण सडक खुल्न ढिलाई भएको स्थानीयहरुको भनाई छ । पहिरोले बाटो अवरुद्ध बनाएपछि उदयपुरगढी गाउँपालिका सहित सम्बन्धित निकायहरु सडक खोल्न लागि परिरहेको छ । सडक खोल्न आईतबार दिनैभरी परेको पानीका कारण पनि ढिलाई भएको गाउँपालिका उपाध्यक्ष जित बहादुर खड्लकाले जनाए ।

सडक खोल्नका लागि गाउँपालिका सँगै सडक कार्यालय र सोही सडकमा काम गर्दै आएका निर्माण कम्पनी समेत लागि परेको उपाध्यक्ष खड्काले जनाए । खड्काका अनुसार उक्त सडक खोल्नका लागि आज दिनैभरी लाग्न सक्ने अनुमान छ । सडक अबरुद्धका कारण पूर्वबाट काठमाण्डौँ लगायतका ठाउँमा जाने सवारीहरु अलपत्र परेको छ । पूर्वका लागि सहजर र छिटो सडको रुपमा प्रयोग हुँदै आएको मदन भण्डारी राजमार्ग अबरुद्ध हुँदा हजारौँ यात्रु र सवारीहरुले दुख पाईरहेको छ ।
पूर्वबाट आउनेहरुलाई गाईघाट बाट लाहान हुँदै पठाईएको र पश्चिमबाट पूर्व आउनेहरुलाई कटारी बाट लाहान हुँदै गन्तव्य तर्फ पठाईएको जिल्ला ट्राफिक कार्यालय उदयपुरले जनाए । कतिपय थाहा नपाउने निजी साधन र मोटर साईकल भने पहिरोमा पुगेर फर्किने गरेको अवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0