उदयपुरमा राप्रपाको एक दिने जिल्ला परिषद् भेला

पूर्णपुष्टि, ३१ साउन ।
राष्ट्रिय प्रजातान्त्र पार्टी राप्रपाले उदयपुरमा एक दिने जिल्ला परिषद् भेला आयोजना गरेको छ । बुधबार गाईघाट एवान होटल स्थित जिल्ला पदाधिकारी लगायतका उपस्थितिमा परिषद् भेला भएको हो । भेलामा राप्रपालाई नयाँ ढँगबाट अघी बढाउने बारे बृहत छलफल भएको छ । पार्टीलाई नविन योजनाको माध्यमबाट सफल बनाउने गरी बिभिन्न बिभाग तथा संगठनहरु निर्माण गरी अघि बढ्ने बारे उपपस्थितिहरुले कुरा उठाएको छ । पार्टीले हाल “नविन राप्रपा” भन्ने अभियाननै पनि संञ्चालन गरेको छ । केन्द्र देखी टोल सम्म नविन राप्रपा अभियान संञ्चालनमा ल्याउने र पार्टीलाई थप सुधार गर्ने परिषद्ले लक्ष्य राखेको छ । राप्रपा कोशी प्रदेश अध्यक्ष तथा दमक नगरपालिकाका मेयर राम थापाको प्रमुख आतिथ्यतामा जिल्ला भेला आयोजना गरिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0