उदयपुर अस्पतालमा बढ्यो मौसमी प्रकोपका बिरामी

पूर्णपुष्टि, ३० साउन ।
उदयपुर अस्पताल बोक्सेमा बिरामीको चाप बढेको छ । अस्पतालका अनुसार हाल अन्य बिरामीहरु भन्दा मौसमी प्रकोपका बिरामीहरु बढेको हो । समय अनुसार फैलिने भाईरस प्रकोपका सिजनल बिरामीको चाप हस्पिटलमा बढेको अस्पतालको भनाई छ ।
डेँगु, आँखा पाक्ने, ज्वरो, स्क्रपटाईपस, टाईफाई जस्ता बिरामीहरु हस्पिटलमा बढेको अस्पताल प्रमुख तथा मेडिकल सुपरिटेन्डेन्ट डा. ज्ञानेन्द्र झाले बताए । हस्पिटलमा बिषेशगरी ज्वरो सँगै डेँगुको बिरामीहरु बढीमात्रामा रहेको जनाए । ५२६ जनालाई डेँगु जाँच गर्दा १५६ जनामा संक्रमण पुष्टी भएको र २० जनालाई बेड भर्नानै गर्नु परेको डा. झाले बताए । डेँगु बाट बच्न बिषेशगरी सरसफाईमा ध्यान दिन झाले सुझाएको छ । पानी जम्न नदिने सरसफाई गर्ने र सुरक्षा अपनाएर हिँडडुल गर्न उनले सुझाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0