त्रियुगाको सबै ठाउँमा डेँगु बिरुद्धको बिषादी छिट्न नगरपालिकालाई ध्यानाकर्षण

पूर्णपुष्टि, ३२ साउन ।
त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटले डेँगु नियन्त्रण गर्न नगरपालिकालाई आह्वान गरेको छ । पछिल्लो समय बढेको डेँगुबाट त्रियुगावासीहरुलाई सुरक्षित गर्न आवश्यक कदम चाल्न संघले आह्वान गरेको हो । त्रियुगा नगरपालिकाले हाल गाईघाट बजार एरिया परिसरमा मात्रै बिषादी छिटेको गुणासो संघलाई आएको भन्दै अन्य वडा तथा स्थानहरुमा पनि बिषादी छिट्न आह्वान गरेको हो ।

बजार बाहेक देउरी, जलजले, बगाहा, चुहाडे, लालपत्ता लगायत स्थानहरुबाट पनि बिषादी छिट्न माग भएपछि सोही अनुसार संघले नगरपालिकालाई ध्यानाकर्षण समेत बुझाएको छ । संघले त्रियुगाकावासीहरुलाई सुरक्षित हुनेगरी नगरको सबै स्थानमा बिषादी छिट्न माग सहित ध्यानाकर्षण बुझाएको संघका अध्यक्ष रमेश रसाईलीले जनाए । बजार बाहेक अन्य स्थानहरुबाट जनगुणासो आएको भन्दै गुणासो सुनुवाईमा दवाव दिँदै ध्यानाकर्षण बmुझाएको अध्यक्ष रसाईलीको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0