बेलका नपामा मेयरकाे सचिवालयले तालाबन्दि र कर्मचारी हाजिरिखाता कब्जा

पूर्णपुष्टि, भदाैं १ ।
उदयपुरको बेलका नगरपालिकाका मेयर अशोक कार्कीको सचिवालयले कर्मचारी हाजिरीखाता कब्जामा लिनुका साथै प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गरेको छ ।
गत साउन ३१ गते त्यहाँ कार्यरत प्रमुख प्रशासकीय अधिकृत रमेश गौतम सरुवा भई अन्यत्र गएको भोलीपल्ट सचिवालयले तालाबन्दी र कर्मचारी हाजिरीखाता कब्जामा लिँदा अधिकृतहरु हाजिरविहिन बनेका हुन् । कार्यालय प्रमुखको माताहतमा हाजिर हुनुपर्नेमा सचिवालयमा हाजिर गर्न उर्दी गरिएको थियो । काठमाडौं रहेका मेयर कार्कीको निर्देशनमा सचिवालयले तालाबन्दी र हाजिरीखाता कब्जा गरेको स्रोतको दावी छ । मर्यादा र नियमअनुरुप नभएको भन्दै साउन ३२ गते तीनजना अधिकृतहरुले हाजिर गरेनन् । हाजिर नगरेपनि उनीहरुले जनताको सेवा प्रवाह भने सुचारु राखेका थिए । सचिवालयले आज हाजिरखाता अधिकृतको कार्यकक्षमा फिर्ता गरेपनि प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षको तालाबन्दी खोलेको छैन । भइरहेको ताल्चा चाबी लुकाएर सचिवालयले नयाँ ल्याएर तालाबन्दी गरेर चावी लुकाएको उपमेयर जिरा राईले बताइन् । आफु पालिकामै रहेको बेला विना जानकारी तालाबन्दी र हाजिरीखाता कब्जा गरेकोमा उपमेयर राईले आपत्ती प्रकट गरिन् ।
साउन ३२ गतेको अधिकृतहरुको खाली हाजिरप्रति सचिवालय र मेयर कार्की जिम्मेवार हुनुपर्ने कर्मचारीहरुको भनाई छ । नयाँ सरुवा भइ आउन लागेको प्रशासकीय अधिकृतलाई तर्साउन मेयर कार्कीले यस्तो चाल चालेको आरोप छ ।
मञ्त्रालयले साउन २४ गते सो नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतमा सुनसरीको इनरुवा नगरपालिकामा कार्यरत दशरथ राईलाई खटाइ पठाएको छ भने सो पालिकाका रमेश गौतमलाई कपिलबस्तुको कृष्णनगर नगरपालिकामा सरुवा पठाएको छ ।
यस विषयमा मेयर कार्कीले आफुले ताला लगाउने र हाजिर रोक्ने नियतले कुनै काम नगरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0