उदयपुरमा लागुऔषध सहित २ युवक पक्राउ

पूर्णपुष्टि, भदौ २ । उदयपुरमा लागुऔषध सहित २ युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–१० बोक्से बस्ने २२ बर्षीय सिजन मगर र संगमचोक बस्ने १९ बर्षीय सुमित श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

शुक्रबार दिउँसो १ बजे त्रियुगा नगरपालिका–६ लालपत्ता स्थितमा लाहानबाट गाईघाटतर्फ आउँदै गरेको विङ्गरमा सवार उनिहरुलाई फेनारगन ४, डाईजेपाम ४ र लुपिजेसिक ४ गरी जम्मा १२ एम्पुल सहित प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) हरिन्नदन चौधरीले जानकारी दिए । पक्राउ परेका उनिहरुलाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा ल्याई जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भईरहेको डिएसपी चौधरीले जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0