हाेमस्टेकाे आम्दानीले सामाजिक काम

पूर्णपुष्टि, भदाैं २ ।

उदयपुरकाे त्रियुगा नगरपालिका १३ स्थित बहेडुवा थारु सामुदायिक हाेमस्टेले सामाजिक उत्तरदायित्वकाे काम गरेकाे छ । आम्दानीकाे १५ प्रतिशत सामाजिक काममा छुट्याउदै आँखा शिविर केही समयअघि गरेकाे हाेमस्टेले आज चस्मा वितरण गरेकाे प्राविधिक सल्लाहकार उत्तिमचन्द्र चाैधरीले बताए । जेभि फाउन्डेशन जिल्ला  तथा नगर समितिकाे सहयाेगमा चस्मा वितरण गरिएकाे हाे ।

कार्यक्रममा त्रियुगा नगर मेयर वसन्त बस्नेत लगायत अतिथिहरुले बृद्धबृद्धालाई चस्मा वितरण गरे । हाेमस्टेले सहयाेगि जेभि फाउन्डेसनका अध्यक्ष गणेश दनुवार लगायत सदस्यहरुलाई सम्मान गर्याे ।

शिविरमा दुईसय जनाकाे आँखा परिक्षण भएकाे थियाे । जसमध्ये ४१ जनाकाे शल्यक्रिया भयाे भने ७८ जनालाई चस्मा वितरण गरिएकाे हाे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0