अन्तराष्ट्रिय बडिविल्डिङ उपविजेता तथा क्लासिक फिजिक्स बिजेता चौधरीलाई गाईघाटमा सम्मान तथा बधाई

पूर्णपुष्टि, ६ भदौ ।

उदयपुरका दिलिप चौधरी बडिविल्डिङका उदाउँदो खेलाडी हुन् । चौधरीले बिभिन्न प्रतियोगितामा बिजयी हाँसिल गरिसकेका छन् भने जुनसुकै प्रतियोगिताहरुमा महत्वपूर्ण जित राख्दै आएका छन् । चौधरीले यो भन्दा पहिलेका जिल्ला तथा प्रदेश स्तरीय प्रतियोगिताहरुमा जितको बर्चस्व जमाईसकेका छन् ।

चौधरीले केही महिना अघि मात्रै झापामा भएको मिस्टर कंचनजंघा दोस्रो चरणको उपाधी समेत हात पारिसकेको छ । लगत्तै चौधरीले साउन ३२ गते देखी भएको अन्तराष्ट्रि प्रतियोगिता नरेश सुर्या क्लासिक नेपालमा पनि भाग लिए । चौधरीले यस प्रतियोगितामा भने क्लासिक फिजिक्स तर्फ पहिलो स्थान हासिँल गरे भने बडिविल्डिङ तर्फ दोस्रो स्थान हासिल गरे ।

साउन ३२ गतेदेखी सुरु भएको प्रतियोगितामा आफ्नो क्षेमतालाई उदयपुरको प्रतिनिधित्व गर्दै चौधरी जिल्ला फर्किएका छन् । जिल्ला फर्किए सँगै उनलाई बधाई अनि सम्मान दिनेको ओईरो लागेको छ । बुधबार मात्रै चौधरीलाई आफु आबद्ध क्लव डि.एन वी फिटनेस क्लव गाईघाटले सम्मान तथा बधाई दिए । क्लवको मात्रै नभई जिल्ला र देशकै नाम राखेको भन्दै चौधरीलाई क्लवले भव्य बधाई तथा सम्मान व्यक्त गरे । त्यस्तै त्रियुगा नगरपालिकाले पनि चौधरीलाई बधाई तथा सम्मान व्यक्त गरे । उनलाई नगर प्रमुख वसन्त कुमार बस्नेतले बधाई तथा सम्मान व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0