उदयपुरमा जबरजस्ती करणी मुद्धाका फरार प्रतिवादी पक्राउ

पूर्णपुष्टि, भदौ १२ । उदयपुरमा जबरजस्ती करणी मुद्धाका एक फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चौदण्डीगढी नगरापलिका–१ पाडारे बस्ने ३० बर्षीय मिन बहादुर श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

जिल्ला अदालतले २०७४।०२।२३ गते जबरजस्ती करणी मुद्दामा १२ वर्ष ५ महिना २६ दिन कैद फैसला गरेतापनि हाल सम्म फरार रहेको श्रेष्ठलाई मंगलबार बिहान १० बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) हरिन्नदन चौधरीले जानकारी दिए । डिएसपी चौधरीका अनुसार ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी निरीक्षक सहितको प्रहरी टोलिले घर वतन बाटै फेला पारी नियन्त्रणमा लिएको हो । पक्राउ परेका श्रेष्ठलाई ईलाका प्रहरी कार्यालय बेल्टारमा ल्याई फैसला कार्यन्वयनको लागि जिल्ला अदालत पठाईएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0