टिपरको ठक्करबाट चिकित्सकको मृत्यु

पूर्णपुष्टि, भदौ १२ । टिपरको ठक्करबाट मोरङमा एक चिकित्सकको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीका २८ बर्षीय चिकित्सक निरज यादव रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

आज बिहान ६ बजे पूर्व–पश्चिम राजमार्गको उर्लाबारी–४ स्थित ओम सत्य साई पेट्रोल पम्प नजिकै टिपरले मोटरसाइकललाई ठक्कर दिएको मोरङका प्रहरी प्रवक्ता डिएसपी रञ्जन दाहाले जानकारी दिए । उनका अनुसार पूर्वतर्फ गईरहेको प्र १–०२–०५२ प ४२४१ नम्बरको मोटरसाइकल र पश्चिम तर्फ गईरहेको प्र ३–००१ क ००९५ नम्बरको टिपर आपसमा जुध्दा डाक्टर यादव गम्भिर घाईते भएका थिए ।

घाईते यादवलाई उपचारको लागी तत्काल मदन भण्डारी ट्रमा सेन्टर उर्लाबारीमा लगिएको थियो । उनको उपचारको क्रममा चिकित्सकले ६ बजेर ५० मिनेटमा मृत घोषणा गरेको डिएसपी दाहालले बताए । टिपर चालक झापा मेचीनगर नगरपालिका ११ का ४४ वर्षीय वीरबहादुर शेर्पालाई प्रहरीले नियन्त्रणमा लिएको र डाक्टर यादवकहाँ काम गर्थे भन्ने खुलिनसकेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0