सुर्यज्योती लाईफ इन्सुरेन्स गाईघाट शाखाका दुईजना उत्कृष्ट एजेन्सिलाई कम्पनीबाट फ्रिज प्रदान

पूर्णपुष्टि, भदौ १२ । सुर्य लाईफ इन्सुरेन्स गाईघाट शाखाबाट दुईजना उत्कृष्ट एजेन्सिलाई कम्पिनीले फ्रिज प्रदान गरेको छ । सुर्यज्योती लाईफ कम्पनीमा कार्यरत त्रियुगा नगरपालिका ११ की एजेन्सी म्यानेजर रिता खनाल र त्रिनपा ७ चुहाडेकी स्टार एजेन्सी वृहस्पती दनुवारलाई गाईघाट शाखाले फ्रिज प्रदान गरेको हो ।

मंगलबार एक कार्यक्रमकाबीच कार्यालय परिसरमा खनाल र दनुवारलाई तारर्गेट पुरा गरी सफल एजेन्सिको रुपमा हैसियत बनाएको भन्दै पुरस्कारको रुपमा फ्रिज प्रदान गरिएको कार्यालयले जनाएको छ ।६ महिनबाट कार्यरत रहेकी खनाल र ४ बर्षबाट कार्यरत रहेकी दनुवारले असार महिनामा उत्कृष्ट कार्य सम्पादन गरेकी उक्त फ्रिज स्किमबापत प्राप्त गरेको शाखा प्रमुख कमला खवासले बताईन् । फ्रिज सँगै अन्य एजेन्सी म्यानेजरलाई पनि टिसर्ट, कप लगायतका विभिन्न स्किमहरु प्रदान गरिएको खवासले जनाईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
1
+1
0
+1
0