उदयपुरको कटारीमा प्लाष्टिकजन्य पदार्थको आयात र प्रयोगमा रोक लगाईने

पूर्णपुष्टि, भदौ १३ । उदयपुरको कटारी नगरापालिकाले प्लाटिककजन्य पदार्थको आयात र प्रयोगमा प्रतिबन्ध लगाउने भएको छ । मंगलबार नगरापलिकाका प्रमुख राजेन्द्र चन्द्र श्रेष्ठले एक सुचना जारी गर्दै प्लाष्टिकजन्य पदार्थमा रोक लगाउन लागिएको जानकारी दिएको हो ।

फोहोर मैला व्यवस्थापन समितिको २०८०÷५÷११ गते बसेको बैठकले भदौ १५ गतेबाट प्लाटिकको झोला आयात गर्न निषेध गर्ने र असोज १ गतेबाट प्लाष्टिक झोलाको प्रयोगमा पुर्ण रुपमा प्रतिबन्ध लागउने निर्णय गरेको नगरापलिकाले जनाएको छ । नगरापलिकाले प्लाष्टिकको झोला आयात तथा प्रयोग नगर्न अनुरोध गरेको छ । साथै, तोकिएको मिति पश्चात पनि प्लाष्टिकको झोला प्रयोग गरिएको पाईएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने’ सुचनामा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0