एसीया कपको डेब्यु खेलमा आज नेपालले पाकिस्तानको सामना गर्दै

पूर्णपुष्टि, भदौ १३ । एसीया कप २०२३ को डेब्यु खेलमा नेपालले आफ्नो पहिलो खेल आज घरेलु टोली पाकिस्तानसँग खेल्दैछ । पहिलोपटक एसिया कप खेल्न लागेको नेपालले एकदिवसीय वरीयताको शीर्ष स्थानमा रहेको टिमसँग खेल्नेछ ।

समुह ए मा रहेको नेपाल र आयोजक पाकिस्तानको उद्घाटन खेल आज दिउँसो ३:१५ बजेबाट मुल्तान क्रिकेट स्टेडियममा सुरु हुनेछ । कुनै पनि फर्म्याटका खेलमा नेपालको पहिलोपटक पाकिस्तानसँग भेट हुन लागेको हो। एसिया कपका लागि उत्साहित नेपाली टिम प्रतियोगिताको सुखद सुरुवात गर्ने लक्ष्यका साथ मैदान उत्रनेछन् ।

नेपालले अर्को खेल भारतसँग भदौ १८ गते श्रीलंकामा खेल्नेछ । एसीया कप प्रतियोगिताको फाइनल खेल भदौ ३१ मा श्रीलंकामा हुनेछ । प्रतियोगितामा फाइनलसहित १३ खेलहरू हुनेछन् । नेपालमा खेलको प्रत्यक्ष प्रसारण स्टार स्पोर्ट्स नेटवर्कबाट हुनेछ । यसअघि नेपाल एसीसी मेन्स प्रिमियर कपको उपाधि बिजेता बन्दै एसीया कपमा छनोट भएको थियो ।नेपालले सन् २०१८ मा एकदिवसीय मान्यता प्राप्त गरेको हो ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0