गाईघाटका नयाँ कर अधिकृत राम राईलाई त्रिउवा संघको भव्य स्वागत

पूर्णपुष्टि, १३ भदौ ।
त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटले नयाँ कर अधिकृत राम राईलाई भव्य स्वागत गरेको छ । बुधबार संघको कार्यालयमा करदाता सेवा कार्यालय गाईघाट उदयपुरमा नियुक्त राईलाई खादा ओडाएर भव्य स्वागत गरेको हो । राई साउन ७ गतेबाट गाईघाट कर कार्यालयमा सेवा सुरु गरेका थिए ।

संघका अध्यक्ष रमेश रसाईलीले कर कार्यालयको तार्गेट पुराउन व्यवसायीहरुको ठुलो हात रहेको जनाए । रसाईलीले कर कार्यालय र व्यवसायीहरु एकआपसको परिपुरक रहेको जनाए । अझै पनि कतिपय व्यवसायीहरु करको दायरा बिनै व्यवसाय संञ्चालन गरिरहेको जनाए । त्यस्ता व्यवसायहरुलाई कर कार्यालयले करको दायरामा ल्याएर मर्यादित व्यवसाय बनाउन जनाए । यस्तै कर अधिकृत राम राईले व्यवसायीहरु सँग एक ढिक्का भएर काम गर्ने जनाए । राईले बेलाबेला व्यवसायहरु सँग कर शिक्षा सम्बन्धि कार्यक्रमहरु समेत संञ्चालन गर्ने प्रतिवद्ध जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0