उदयपुरमा एक युवक मृत फेला

पूर्णपुष्टि, भदौ १४ । उदयपुरमा एक युवक मृत फेला परेका छन् । मृत फेला पर्नेमा कटारी नगरपालिका–८ ढापडाँडाका १८ बर्षीय प्रदिप वलाम्पाकी मगर रहेको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।

कटारी नगरपालिका–४ जहडीमा रहेको मनकामना होटलमा ८ महिनादेखी काम गर्दै आएको मगर बुधबार दिउँसो होटलको भान्सा कोठामा मृत भेटिएको कटारीका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) रविन कार्कीले जानकारी दिए । होटलका संचालक अम्बरबहादुर श्रेष्ठले दिउँसो भान्सामा एक्कासी ढलेको पाईएको भन्दै मगरलाई कटारी अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषीत गरेको डिएसपी कार्कीले बताए ।

अनुसन्धाको क्रममा करेन्ट लागेर मृत्यु भएको जस्तो आशंका गर्न सकिने भएपनि पोष्टमार्टम रिपोर्ट र थप अनुसन्धान नगरी भन्न सक्ने अवस्था नरहेको डिएसपी कार्कीले बताए । घटनास्थलमा विजुलीको तारहरु जोड्दा करेन्ट लागेको जस्तो देखिएपनि थप अनुसन्धानपछी मात्र कारण पत्ता लाग्ने कार्कीको भनाई छ । मगरको शव पोष्टमार्टको लागी कटारी अस्पतालमा राखिएको र घर–परिवारमा खबर पठाईएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
4
+1
0