एमसीसी विरुद्ध माओवादी मजदुर पार्टीको प्रदर्शन

पूर्णपुष्टि, भदौ १६ । उदयपुरको सदरमुकाम गाईघाटमा माओवादी मजदुर पार्टीले मिलेनियम कर्पोरेसन च्यालेन्ज ९एमसीसी० विरुद्ध विरोध प्रदर्शन गरेको छ । शनिबार त्रियुगा नगरपालिका–११ स्थित पिपल चोकमा प्रदर्शन गरिएको माओवादी मजदुर पार्टीका केन्द्रिय महासचिव हिमाल सिंह राईले जानकारी दिए ।

एमसीसीको नाममा नेपाली भुमी दुरुप्रयोग गर्ने, बौद्धिक सम्पत्ती कब्जा गर्ने, उदयमान चिन बिरुद्ध गतिबिधि गर्ने र नेपाललाई द्धदमा फसाउने काम भएको महासचिव राईले बताए । यस्ता देश द्रोहि र देश बिरोधी गतिविधी काम खारज गर्नुपर्ने भन्दै विरोध प्रदर्शन गरिएको महासचिव राईले बताए । उक्त विरोध प्रदर्शनमा प्रवक्ता जगत कटुवाल, संगठन बिभाग प्रदिप फुयाल, केन्द्रिय सदस्य गिरिमान राई लगाएतको उपस्थिति रहेको थियो । उक्त विरोध प्रदर्शनलाई कोण सभामा परिमार्जन गरी समापन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0