माओवादी सँग जनता रुपान्तरण कार्यत्रम : पहिलो दिन त्रियुगामा के–के कार्यक्रम भए ?

पूर्णपुष्टि, १६ भदौ ।
त्रियुगा नगरपालिकाको १६ ओटै वडाहरुमा घरघरमा माओवादी–जनजनमा माओवादी अभियान शनिवारबाट सुरु भएको छ । १ देखी १६ ओटै वडाहरुमा यो अभियान तिव्र रुपमा सुरु भएको हो । माओवादी सँग जनता रुपान्तरण अभियान अन्तर्गत उदयपुरको सबै पालिकाहरुमा कार्यक्रम सुरु भएको हो । पार्टी अनुसासन बिभाग अध्यक्ष टंक राईको नेतृत्वमा त्रियुगामा अभियान उद्घाटन सुरु भएको हो । उद्घाटनको पहिलो दिन सरसफाई, श्रमदान, पार्टी कार्यालय उद्घाटन, छलफल तथा अन्तरक्रिया लगायतको कार्यक्रम गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0