यातायात व्यवस्था सेवा कार्यालय गाईघाटको राजश्व संकलमा बृद्धि

पूर्णपुष्टि, १८ भदौ ।

यातायात व्यवस्था सेवा कार्यालय गाईघाटले गत बर्षको तुलनामा यस बर्ष राजश्व संकलनको दायरा बढाएको छ । कार्यालय प्रमुख श्याम लिम्वुका अनुसार आर्थिक बर्ष ०७९/०८० मा झण्डै १३ करोड बराबरको राजश्व संकलन गर्न कार्यालय सफल भएको हो । अघिल्लो आर्थिक बर्षमा १० करोड हाराहारीमा संकलन भएको राजश्व यो आर्थिक बर्षमा झण्डै ३ करोडले बृद्धि भएको लिम्वुको भनाई छ । आर्थिक बर्ष ०७९/०८० को असार मसान्त सम्म कार्यालयले १२ करोड ७४ लाख ३३ हजार ४७१ राजश्व भेला गरेको कार्यालयको बार्षिक प्रगति प्रतिवेदनमा उल्लेख छ । सेवाग्राहीलाई दिने सेवा सुविधा बापत र निष्पक्ष काम कर्तव्र्यको आधारमा यो बर्ष राजश्व संकलनमा बृद्धि भएको लिम्वुले जनाए ।

आगामी आर्थिक बर्ष १५ कारोड पुराउने लक्ष्य

कार्यालय प्रमुख लिम्वुले यस कार्यालयबाट आगामी आर्थिक बर्ष १५ करोड राजश्व संकलन गर्ने लक्ष्य राखेको जनाए । त्यसका लागि कार्यालयले सोही अनुसार काम कर्तव्यलाई अघि सारेको जनाएको छ । गत बर्ष १० करोड आसपासमा संकलन भएको राजश्व यस आर्थिक बर्ष झण्डै १३ करोड आसपास पुरायौँ, आगामी आर्थिक बर्ष यसलाई बढाएर १५ करोड आसपास पुराउँने छौँ, “लिम्वुले भने,
कार्यालयले सवारी दर्ता, नामसारी, नविकरण, प्रतिलिपि जारी, सवारी सरुवा सहमति पठाउने र दर्ता, सवारीको प्राविधिक परीक्षण गरी जाँचपासको प्रमाण पत्र जारी तथा नविकरण, यातायात सेवाको नाम पञ्जीकृत, रुट इजाजत पत्र जारी, नवीकरण, सहमति पठाउने र दर्ता सवारी चालक अनुमति पत्र जारी, नवीकरण र प्रतिलिपि आदि सेवाहरु उपलब्ध गराउँदै आएका छन् ।

कार्यालयमा भएको सवारी दर्ता विवरण

कार्यालयले ०७९/०८० मा बिभिन्न प्रकारका ३५९८ ओटा सवारीहरु दर्ता गरेको छ । कार्यालयमा सर्वाजानिक, पर्यटन, निजी, सरकारी, संस्थान, कुटनितिक, अस्थायी, लिलाम दर्ता, सरुवा दर्ता अन्तर प्रदेश सरुवा सहमति दर्ता, अन्तर प्रदेश सरुवा सहमति गएको एवम प्रकारको सवारीहरुको दर्ता भएको छ । यस मध्ये सार्वजानिक, निजी, सरकारी, लिलाम, अन्तर प्रदेश सरुवा सहमति, र सरुवा सहमति गएको सवारीहरु कार्यालले दर्ता गरेको छ ।

भने पर्यटन, अस्थायी, कुटनितिक, जस्ता अन्य सवारी भने दर्ता नभएको प्रमुख लिम्वुले जनाए । कार्यालयको तथ्याँङक अनुसार सबैभन्दा बढी १८१७ निजी सवारीहरु दर्तामा आएको जनाए । सबैभन्दा कम २६ ओटा लिलामी दर्ताका लागि आएको कार्यालयको भनाई छ । जस मध्ये बस २९, जिप १८, ई रिक्सा ३९, पेट्रोलवाला टेम्पो ६७, मोटरसाईकल १४६०, स्कुटर ३११, ई स्कुटर ८, माईक्रो बस ५, मिनिवस १, कार १, भ्यान ८, पिक अप ६, ट्याक्टर ४ र एम्वुलेन्स ३ ओटा दर्ता भएका छन् । यस्तै निर्माणनिधि सवारीहरु ट्रक १०, टिपर १३, ब्याकुलोडर ८ र रोलर १ पनि दर्ता भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0