उदयपुरका एक युवालाई १८ बर्ष कैद सजाय

पूर्णपुष्टि, भदौ १९ । उदयपुरमा बालिकामाथि बलात्कार गरेको कसुरमा एक युवकलाई १८ वर्ष कैद सजाय भएको सुनाएको छ । जिल्ला अदालतले १२ बर्षीय बालिकामाथि बलात्कार गरेको कसुरमा बेलका नगरपालिका–५ मैनामैनीका १९ बर्षीय शुसान्त मगरलाई उक्त कैद सजाय सुनाएको हो ।

भदौ १८ गते न्यायाधिश नवराज दुलालको ईजालसले कसुर गरेको ठहर गर्दै उक्त सजायसँगै ६ लाख जरिवाना र पिडितलाई २० हजार क्षतिपुर्ती भराउन आदेश दिएको दालतका श्रेस्तेदार भेषराज भट्टराईले जानकारी दिए । बालिकालाई २०७८ फागुन १३ गते जबरजस्ती करणी गरेको भन्दै पिडित पक्षले मगरविरुद्ध फागुन १४ गते ईलाका प्रहरी कार्यालय रामपुरमा उजुरी दिएका थिए ।

उक्त उजुरीको आधारमा सोही दिन मगरलाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका आरोपिलाई जिल्ला सरकारी वकिलको कार्यालय मार्फत ०७८ चैत्र ८ गते जबरजस्ती करणी शिर्षकमा मुद्धा दर्ता गरिएको थियो । बलात्कार मुद्धा परेको आरोपिलाई चैत्र ९ जिल्ला अदालतका न्यायाधिस उत्तम सिलवालको ईजलासले पूर्पक्षका लागी थुनामा पठाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
1
+1
1
+1
4
+1
1
+1
1
+1
3