लिम्चुबुङमा स्वास्थ्य प्रमुख र शिक्षा अधिकारीलाई विदाई, स्वास्थ्य शाखामा कर्णशेर राईलाई स्वागत

पूर्णपुष्टि, १९ भदौ ।

लिम्चुङबुङ गाउँपालिकाले अवकाश प्राप्त स्वास्थ्य शाखाका प्रमुख नौलशेर राईलाई शुखद विदाई गरेको छ । पालिकाले आईतबार स्वास्थ्य प्रमुख राई सहित स्थानीय शिक्षा अधिकारी विनोद राईलाई पनि भव्य विदाई गरेको हो । विनोद राईको काज फिर्ता भएसँगै अन्य स्थानमै सरुवा भएको थियो ।

नौलशेर राईले लिम्चुङमा गरिब २७ बर्ष स्वास्थय क्षेत्रमा योगदान गरेका थिए । उनको जागिर उमेर हद भएपश्चात त्यस ठाउँबाट अवकास प्राप्त भएको भन्दै पालिकाको अध्यक्ष सहितको जनप्रतिनिधि, कर्मचारी लगायतले सुखद विदाई गरेको हो । राई अवकाश प्राप्त भए सँगै पालिका स्वास्थ्य प्रमुखमा कर्णशेर राईको आगमन भएको छ ।

राई यस पहिले बास्बोटे स्वास्थय चौकीमा इन्चार्जको रुपमा कार्यरत थिए । राईलाई पनि पालिका टिमले भव्य रुपमा स्वागत गर्दे कार्यसफलताको कामना गरेको छ । पालिका अध्यक्ष मेजर कुमार राईले अवकाश प्राप्त भएका नौलशेर राई प्रति धन्यवाद व्यक्त गरे । लामो समय देखी लिम्चुङबुङवासीहरुलाई स्वास्थ्यको क्षेत्रमा अमुल्य योगदान गरेको भन्दै अवकाश पछिको समय थप सफलताको कामना गरे । यस्तै जिम्मेवारी लिएर आउने कर्णशेर राईलाई पनि कार्यसफलताको सुभकामना व्यक्त गरे । शिक्षा अधिकारी राईलाई पनि अध्यक्ष राईले समस्या परेको बेला आएर सहयोग गरेकोमा बिषेश आभार व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0