प्रदेश नामाकरण बारे किराया त्रियुगा नगर कार्यसमितिको समिक्षात्मक बैठक

पूर्णपुष्टि, २० भदौ ।
किरात राई यायोख्खा (किराया) त्रियुगा नगर कार्यसमितिले बुधबार समिक्षात्मक कार्याक्रम आयोजना गरेको छ । गाईघाट स्थित साकेला थान परिसरमा नगर कार्यसमितिको आयोजना उक्त कार्यक्रम सम्पन्न गरेको हो । प्रदेश नं १ को नामाकरण बिषयलाई लिएर आन्दोलनरत रहेका पहिचान पक्षधरको अघिल्लो र पछिल्लो क्रियाकलापबारे समिक्षामा ब्यापक कुरा उठाईएका थिए । त्रियुगा नगर उपप्रमुख महेश्वरी राईको प्रमुख आतिथ्यतामा नगर कार्यसमितिको पदाधिकारी, १६ ओटै वडाका अध्यक्षहरु, माताहतका संस्थाहरु किरात राई पत्रकार संघ, किरात राई विद्यार्थी संघ, चाम्लीङ खिम घर, वान्तावा खाम्वातिम लगायतको उपस्थितिमा समिक्षा सम्पन्न भएका थिए ।

कार्यक्रममा जिल्ला र केन्द्र भने उपस्थित भएन । जिल्ला र केन्द्र जस्तो जिम्मेवार र सम्बन्धित पक्ष समिक्षात्मक बैठकमा उपस्थित नभएको भन्दै प्रश्न पनि उठेका छन् । प्रदेश नामाकरण सम्बन्धि आन्दोलनका सर्कुलर र अन्य काम कार्वाही बारे जिल्ला, केन्द्र र नगर सम्बन्धि आमनेसामने छलफल गर्नुपर्नेमा जिल्ला र केन्द्रका पदाधीकारीहरुनै उपस्थित नजनाएपछि बिबिध प्रश्नहरु समेत उठेका छन् ।

पछिल्लो समय नगर कार्यसमितिले राखेको समिक्षात्मक बैठक निकै प्रभावकारी बन्नेमा उपस्थितिहरुले आश्वासन गरेको छ । प्रमुख अतिथि समेत रहेकी त्रियुगा नगर उपप्रमुख महेश्वरी राईले पहिचान स्थापितका लागि आफु पनि उत्तिकै गम्भीर रहेको जनाईन् । त्यसका लागि समुदायहरु अध्यानशिल र सक्षम हुनु पर्ने जनाए । नितिनियमको पालना गर्दै बैचारिक रणनितिबाट पशिचान प्राप्त गर्न लागि पर्नु पर्ने जनाईन् । यस्तै बिषेश अतिथि तथा समाजसेवी महेन्द्र राईले अबको लडाई सुत्रको आधारमा लड््नु पर्ने जनाए । बलबुतोले मात्रै राज्यले अधिकार नदिने भन्दै बैचारिक र सुत्रात्मक लडाँई आजको आवश्यकताको लडाई रहेको जनाए । “इतिहाँस, भोगोल, पहिचान र सभ्यता १ नंम्वर प्रदेश किरात प्रदेश हाम्रो प्रतिबद्धता भन्ने मुल नाराका साथ पैदेश नं १ मा किरात प्रदेश नामाकरण गर्दै आन्दोलन भैरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0