उदयपुरमा स्क्रब टाईफसको एक बिरामीको मृत्यु

पूर्णपुष्टि, २२ भदौ ।
पछिल्लो समय उदयपुरमा स्क्रब टाईफसको बिरामी बढेको अस्पताले जनाएको छ । उदयपुर अस्पतालका अनुसार उदयपुरमा स्क्रब टाईफसले एक पुरुषको मृत्यु समेत भैसकेको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका ९ का ४६ बर्षीय पति सदा रहेको जिल्ला अस्पतालले जनाएको छ ।

अघिल्लो दिउसो सिकिस्त बिरामी भएर अस्पताल भर्ना भएका सदाको उपचारको क्रममा राति नै मृत्यु भएको जिल्ला अस्पताल प्रमुख मेडिकल सुपरिटेण्डेन्ट ९मेसु० डा। ज्ञानेन्द्रकुमार झाले जानकारी दिए । उनका अनुसार अन्तिम अवस्थामा अस्पताल ल्याइएको सदाको स्वास्थ्य परीक्षण गर्दा स्क्रबटाईफस संक्रमण देखिएको थियो ।

स्क्रबटाईफस संक्रमण देखिएको सदाको मृगौला र पिसावमा पनि संक्रमण देखिएको अस्पतालका जेनेरल फिजिसिएन डा। राहुल रौनियारले बताए । रोगले निकै च्यापिसकेको अवस्थामा अस्पताल ल्याएको उनलाई उपचारबाट बचाउन नसकिएको उनले बताए ।

भदौको पहिलो साता एकजनामा सङ्क्रमण देखिएसँगै अहिले दैनिक बिरामीको सङ्ख्या वृद्धि हुन थालेको डा। रौनियाले बताए । उनका अनुसार अहिले नयाँ भाइरसका रुपमा देखिएको स्क्रब टाइफसको उपचारका लागि दैनिक पाँचदेखि दश जनासम्म बिरामी अस्पताल आउने गरेका छन् । हाल दर्जन हाराहारी बिरामी स्क्रबटाईफसकै संक्रमणका कारण बेड भर्ना गरेर उपचार भईरहेको पनि उनले बताए ।

सुरुमा यस रोगको लक्षण अनियमित ज्वरो आउने, शरीर तथा छालामा राता डाम्रा देखा पर्नेलगायत रहेका उनले बताए । टाउको, मुटु, मृगौला र अन्य जुनसुकै अंगहरुमा आक्रमण गर्ने भएकाले यो रोगको तत्कालै उपचार नभएमा ज्यानसम्म जानसक्ने डा। रोनियारले बताए । हालसम्म ५०÷६० जना उपचार पश्चात अस्पतालबाट डिस्चार्ज भईसकेका उनले बताए । ‘स्क्रब टाइफस ब्याक्टेरिया माइड नामको जीवाणु वा एक प्रकारको जुम्राबाट सर्ने रोग रहेको चिकित्सकको भनाई छ । यसअघि जिल्लामा डेङ्गु, मौसमी र भाइरल ज्वरोका साथै आँखा पाक्ने सङ्क्रमण फैलिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0