उदयपुरमा वन मुद्धाका एक फरार प्रतिवादी पक्राउ

पुर्णपुष्टि, भदौ २४ । उदयपुरमा वन मुद्धाका एक फरार प्रतिवादलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चौदण्डीगढी नगरपालिका–१० हडिया बस्ने ४८ बर्षीय सुर्य नारायण चौधरी रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) हरिनन्दन चौधरीका अनुसार जिल्ला अदालतले २०७१।०५।०२ गते वन मुद्धामा रु. १४,०१७ (चौध हजार सत्र रुपैया) जरिवाना फैसलाले गरेतापनि हाल सम्म फरार रहँदै आएको चौधरीलाई आईतबार बिहान ११ बजे पक्राउ गरिएको हो ।

फरार रहेको चौधरीलाई खोज तलास गर्ने क्रममा ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलीले गाउँ घरमै लुकिछिपि बसेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको डिएसपी चौधरले जनाए । पक्राउ परेका चौधरीलाई ईलाका प्रहरी कार्यालय बेल्टारमा ल्याई आवश्यक अनुसन्धान पश्चात फैसला कार्यान्वयनको लागी जिल्ला अदालत उदयपुर पठाईएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0