उदयपुर प्रवासी सेवा समाज कतारको सातौं साधारण सभा सम्पन्न

पूर्णपुष्टि,भाद्र २४ । उदयपुर प्रवासी सेवा समाज कतारको सातौँ साधारण सभा सम्पन्न भएको छ । गत सेप्टेम्बर ८ तारिख शुक्रबार ग्रीन रेष्टुरेन्टमा सम्पन्न साधारण सभाले कमल वाग्लेको अध्यक्षतामा १४ जना सदस्यलाई सर्वसहमत चयन गरेको हो । उक्त सभाले प्रथम उपाध्यक्ष पदको लागि हाल टुंगो नलागेको हुँदा पछि पदपुर्ती गर्ने निर्णय गरेको हो ।

यस्तै द्धितिय उपाध्यक्ष रामकुमारी तामाङ्, महा-सचिब बिष्णु बहादुर राई (राकेश), सचिब सन्जिप कटुवाल, कोषाध्यक्ष राम मगर, र सह–कोषाध्यक्षमा चन्द्र कुमार मगर रहने गरी नयाँ कार्य समिति चयन गरिएको छ । यता समाजको नवर्निवाचित सदस्यहरु क्रमस मिन चाम्लिङ राई, अमित आले मगर, मनिष तामाङ, अजय कुमार दनुवार, दिनेश सस्कार, बिष्णु घिमिरे र कुमार वाग्ले रहेको छन् ।

उक्त सभाको कार्यक्रमको सभापति गोपी कृष्ण अधिकारीले गरेका थिए भने कार्यक्रमलाई स्वागत मन्तव्य प्रथम उपाध्यक्ष भक्त कट्वालले गरेका थिए । यस्तै कार्यक्रम सञ्चालन बिष्णु बहादुर राई (राकेश)ले गनरेका थिए भने कार्यक्रमका प्रमुख अथिति कोशी प्रदेश सम्वन्वय समितिका अध्यक्ष चुडामणी कार्की, बिषेश अतिथिहरुमा NRNA NCC कतारको द्धितिय उपाध्यक्ष केशव कार्की, उदयपुर प्रवासी सेवा समाज कतारका पूर्व अध्यक्ष, निबर्तमान सल्लाहकार संयोजक तथा NRNA NCC कतारको तृतिय उपाध्यक्ष संयोजक सन्दिप कुमार भट्टाराई त्यस्तै जनजाती महासँघ कतारका अध्यक्ष डियन मगर रहेका थिए । साथै नेपालका सातै प्रदेशका सम्वन्वय परिषदका अध्यक्षहरु तथा कोशी प्रदेश १२ जिल्लाका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रम उदयपुर साथै अन्य जिल्लाहरुका कृयाशिल महिला तथा पुरुष गरि बाक्लो उपस्थिति रहेको उदयपुर प्रवासी सेवा समाज कतारका सचिब सन्जिप कटुवालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0