एक बालक सहित पुजारीको पानीमा डुबेर मृत्यु

पूर्णपुष्टि, भाद्र २५ । सुनसरीको दुई छुट्टा छुट्टै स्थानमा पानीमा डुबेर एक बालक सहित पुजारीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रामधुनी नगरपालिका–२ तित्रिवन टोलका गुलुम मन्सुरका १ बर्षीय छोरा अमर मन्सुर र ईटहरी उप–महानगरपालिका–४ मनकामना चोकमा रहेको जेष्ठ नागरीकको मन्दिरका पुजारी ५५ बर्षीय केशब नेपाल रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

आईतबार राती ८ बजे खेल्ने क्रममा मन्सुर घर नजिकै रहेको नहरमा डुबेर घाईते भएका थिए । घाईते बालकलाई उपचारकोलागी जिल्ला अस्पताल इनरुवा सुनसरी पुर्याउनासाथ डाक्टरले मृत घोषित गरेका थिए । यसैगरी जेष्ठ नागरीकको मन्दिरमा पुजारीको काम गर्ने भोजपुरको टेम्केमैयुम–७ का नेपालको पानीको ड्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0