लैँङगिक हिंसा रोकथाम सहयोगका लागि मनोसामाजिक कार्यकर्ताहरुलाई अनुशिक्षण तालिम

पूर्णपुष्टि, २६ भदौ ।

समाजमा दिनदिनै बढ्दै गएको लैँगिक हिँसालाई रोकथाम तथा अन्त्य गर्न हर प्रयास भैरहेको छ । समाजमा घट्ने कयौँ हिंसाका घटनालाई स्थानीय सरकार सँग समन्वय गरेर संघ सस्थाहरुले पनि नियन्त्रणको प्रयास गरिरहेको अवस्था छ । समाजमा हुने हिंसाहरु घर परिवार र व्यक्ति आफैमा लुकेर बस्दा पिडित थप समस्यामा परेको तथ्यहरु खुलेका छन् ।

यस्तै समस्याको समाधान र हिंसा रोकथामका लागि उदयपुरको ४ नगरपालिकामा मनोसामाजिक कार्यकर्तालाई खटाईएको छ । ओसीएमसी नेपालकी सिनियर काउन्सिलर रन्जना ताजपुरियाका अनुसार ४ नगरपालिकाका ३२ जना मनोसामाजिक कार्यकर्ताहरुलाई गाईघाटमा २ दिने अनुशिक्षण तालिम दिईरहेका छन् ।

उनिहरुलाई हिंसा सम्म पुग्नका लागि थप क्षमता अभिबृद्धि गर्न उक्त तालिम प्रदान गराईएको ताजपुरियाको भनाई छ । हिंसा लुकेको र लुकाईएको हुने हुँदा त्यस्ता समस्यालाई पहिचान गरी सम्बन्धित ठाउँमा पुराएर निकास निकाल्नु पर्ने उनको भनाई छ । यदि समाजमा लुकाईएको घटना थाहा पाउन नसके हिंसाको समधान कहिल्यै हुन नसक्ने उनि बताउँछिन् । ओसीएमसीले हिंसामा परेका कुनै पनि पिडितहरुलाई परामर्शको आधारमा हिंसाबाट बचाउने र पुरानै जिवनमा फर्कन मदत गर्दै आएको छ ।

त्यसका लागि पिडित ब्यक्तिहरु कि खुलेर हिंसाको बिरोध गर्नु पर्ने हुन्छ कित मनोसामाजिक कार्यकर्ताहरुलेनै पहिचान गरी सामाधान गर्न सहयोग गर्नुपर्ने हुन्छ, “ताजपुरियाले भनिन, । उनले ओसिएमसीले गर्ने काम र सहयोगबारे पिडितलाई थाहा हुन जरुरी रहेको समेत जनाईन् ।
पिडितहरुलाई गरिने सहयोग र समधानबारे थाहा नपाउँदा पनि उनिहरुले हिंसा लुकाएर राख्ने गरेको छ ।
पिडितहरु सहेर बस्ने बानि परेकाले घटनाहरु बिकारल रुप लिने उनको बुझाई छ । श्रीमान बाट होस या श्रीमती बाट वा कुनै पनि व्यक्तिबाट होस, आफु हिंसा हुने बित्तिकै कि त्यसको प्रतिकार गर्नु पर्ने की चै सम्बन्धित ठाउँमा पुगेर सहयोग माग्न सक्नु पर्ने आँट पिडितले गर्नुपर्ने उनले सुझाईन् ।

उनले सहभागीहरुलाई हिंसा पिडितहरु सम्म कसरी पुग्ने, कसरी परामर्श दिने र काम गर्दा आईपर्ने समस्याहरुलाई कसरी समाधान गर्ने भन्ने बिषयमा थप जानकारी दिन तालिम दिईएको जनाईन् । उक्त तालिम बर्षमा ४ पटक गराईदै आएको छ । पछिल्लो समय आत्माहत्याको केश बढीरहेको जनाईएको छ ।

युएनएफपिएका सहजकर्ता राजकिशोर साफिले पिडितहरु अन्तिम स्टेजमा मात्रै सम्बन्धित निकायहरु खोज्न थाल्ने बानी रहेको जनाए । सबै समस्याहरु आईपरेपछि मात्रै समधानको बाटो खोज्नाले त्यो अवस्था निकै ढिलो भैसकेको हुने उनले बताए । समस्या हुने बित्तिकै सामाधान खोज्दै जाने हो भने हिंसालाई विस्तारै नियन्त्रण गर्न सकिने उनले बताए ।
यो कार्यक्रम त्रियुगा, कटारी, बेलका र चौदण्डीगढी गरी ४ नगरपालिकाले समन्वय गरेको छ । ४ ओटै नगरपालिकाको समन्वय तथा सहयोगमा कार्यक्रम संञ्चालन रहेको छ । एसडिसी नेर्वेजियनको आर्थिक सयहोग रहेको उक्त तालिमलाई सीएमसी नेपाले आयोजना गरेको छ भने युएनएपपिएले कार्यन्वयन पक्षमा सहयोग पुराएको छ । त्यस्तै तालिमलाई आईपास नेपालले नेतृत्व गर्नुका साथै सीएमसी नेपालले मनोसामाजिक तथा मानसिक स्वास्थ्य र प्रावाधिक क्षेत्रमा महत्वपूर्ण सहयोग गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0