बुबाको मुख हेर्नेदिननै छोरा मिङसो र सुहाङले गरे नेम्वाङको अन्तिम विदाई

पूर्णपुष्टि, २८ भदौ ।
आज कुशे औँसी बुवाको मुख हेर्ने दिन । धेरैले आज आफ्नो जन्म दिने बुवालाई भेटेर खुसी साटिरहेको बेला संविधान सभा अध्यक्ष तथा एमाले उपाध्यक्ष सुवास चन्द्र नेम्वाङका दुई छोराहरुले भने बुबाको अन्तिम विदाई गर्नुपरेको छ । हृदयघातका कारण मृत्यु भएका एमाले उपाध्यक्ष नेम्वाङको आज पसुपति आर्यघाटमा राजकीय सम्मान सहित अन्तिम विदाई गरिएको हो ।

नेम्वाङको सोमवार निधन भएपनि पार्थिव शरिरलाई पार्टी कार्यालय लगायत निवासमा श्रदान्जलीको लागि राखिएपछि बिहिबार मात्रै अन्तिम विदाई गरिएको हो । पशुपति आर्यघाटमा छोराहरु मिङसो र सुहाङ नेम्वाङले दागबत्ती दिएर अन्तिम विदाई गरिएको छ ।
नेपाली राजनीतिमा शालीन नेताको छवि बनाएका नेम्वाङको अन्तिम बिदाइमा मानिसहरुको उल्लेख्य उपस्थिति छ । पशुपतिको बागमती किनार क्षेत्र भिडले खचाखच छ । नेम्वाङलाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्नेहरुको भीडलाई व्यवस्थित गर्न सुरक्षाकर्मीलाई पनि हम्मेहम्मे परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0