उदयपुरकी एक बालिका बेचविखनमा पर्नबाट जोगिन्, ब्रोदर्श रेष्टुरेन्टका सञ्चालक सहित २ जना पक्राउ

पूर्णपुष्टि, भदौ २९ । उदयपुरमा मानव वेचविखन तथा ओसारपसारमा संलग्न ब्रोदर्श रेस्टुरेन्टका सञ्चालक सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा त्रियुगा नगरपालिका वडा नं–१० बस्ने ब्रोदर्श रेष्टुरेन्टका सञ्चालक २७ बर्षीय अनिल शिवा र सिरहाको लहान नगरपालिका वडा नं. १९ बस्ने २८ बर्षीय सतिश कुमार यादव रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) हरिनन्दन चौधरीका अनुसार आईतबार दिउँसो ३ बजेको समयमा त्रि.न.पा–६ जलजले ढाटमा ईलाका प्रहरी कार्यालय जलजलेबाट खटिएको प्रहरी टोलीले चेकिङको क्रममा गाईघाटबाट लहान तर्फ जादै गरेको प्रदेश नं. ३–०२–२२ प ५०१० नं. को मोटरसाईकललाई संकालागी चेकजाँच गर्दा गाईघाट बस्ने १५ वर्षकी नाबालिकालाई ललाई फकाई प्रलोभनमा पारी बेचबिखन गर्नको लागी ल्यैजादै गरेको अवस्थामा फेला पारी चालक यादवलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका यादवमाथि अनुसन्धान गर्ने क्रममा उक्त घटनामा शिवाको समेत संलग्नता रहेको भन्ने खुल्न आएपछि उनलाई मंगलबार पक्राउ गरिएको डिएसपी चौधरीले बताए । पक्राउ परेका यादव र शिवामाथि जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0