भात पकाउँदै गरेकी महिलाको आगोमा जलेर मृत्यु

पूर्णपुष्टि, भदौै ३१ । मोरङमा एक महिलाको भात पकाउने क्रममा आगोमा जलेर मृत्यु भएको छ । मृत्यु हुनेमा ग्रामथान गाउँपालिका–४ मोतिपुर की ४५ बर्षीया भेडियन देवी माझी रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

शनिबार माझी आफ्नौ घरको भान्सा कोठामा चुलोमा भात पकाउने क्रममा लडेर आगोमा जली घाईते भएका थिए । घाईते माझीलाई उपचारको लागी अर्या न्युरो आस्पताल बिरटनगर पु¥याउन साथ डाक्टरले मृत घोषीत गरेका थिए । घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय बेलबारीको प्रहरी टोलीले प्रारम्भिक अनुसन्धान गरी शवलाई पोष्टमाटमको लागि कोशी अस्पताल बिराटनगर पठाईएको र थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0