श्रीलंकालाई १० विकटले हराउँदै भारतले जित्यो एसीया कपको उपाधि

पूर्णपुष्टि, भदौ ३१ । भारतले श्रीलंकलाई १० विकेटले हराउँदै एसीया कप क्रिकेट २०२३ को उपाधि जितेको छ । श्रीलंकाले दिएको ५१ रनको सामान्य लक्ष्य भारतले विकेट नगुमाई ६.१ ओभरमा पुरा गर्दै ८ औं उपाधि हात पारेको हो ।

भारतका लागि इशान किसनले नटआउट ४ चौका हिर्काउँदै २३ रन र शुभमन गिलले नटआउट ५ चौका हिर्काउँदै २७ रन जोडे। एसीया कपको फाईनलमा विकेटको आधारमा यो सबैभन्दा ठूलो जित हो । भारतले पछिल्लोपटक २०१८ मा एसिया कप जितेको थियो।

यसअघि टस जितेर ब्याटिङ गरेको श्रीलंका १५.२ ओभरमा ५० रनमै अलआउट भएको थियो । श्रीलंकाको ब्याटिङ लाइनअप ध्वस्त पार्न भारतका मोहमद सिराजले ६ विकेट लिए । सिरजले एकै ओभरमा ४ विकेट लिएका थिए भने ७ ओभरमा २१ रन खर्चिएर ६ विकेट लिन सफल भए । यस्तै हार्दिक पाण्ड्याले २.२ ओभरमा ३ विकेट लिए भने जसप्रति बुमराहले ५ ओभरमा २३ रन खर्चेर १ विकेट लिए ।

श्रीलंका लगि कुशल मेन्डिसले १७ रन र डुशान हेमन्थले नटआउट १३ रन जोड्दा ९ ब्यट्सम्यान दोहोरो अंकमा रन जोड्न नपाइ आउट भएका थिए। जसमा श्रीलंकाका पाँच ब्याट्सम्यानले त खाता नै खोल्न सकेनन् । ५० रन श्रीलंकाको एकदिवसीय इतिहासकै दोस्रो कम योगफल हो । ५० रन श्रीलंकाको एकदिवसीय इतिहासकै दोस्रो कम स्कोर हो। श्रीलंकाले एकदिवसीय खेलमा सबैभन्दा कम स्कोर दक्षिण अफ्रिकाविरुद्ध ४३ रन हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0