उदयपुरमा भन्सार छली ल्याएको ३ लाख बढीको सामान बरामद

पूर्णपुष्टि, भदौ २ । उदयपुरमा भन्सार छली गरी ल्याएको अवैध सामानहरु प्रहरीले बरामद गरेको छ । भन्सार छली गरी ल्याएको ३ लाख ५ सय रुपैँया बराबरको सामान बरामद भएको जिल्ला प्रहरी कार्यालय उदयपुले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरिक्षक (एसपी) रोशन थापाका अनुसार चेकिङमा खटिएको प्रहरी टोलीले अवैध रुपमा ल्याईएको खुर्सानी, सुर्ती, बिडी र अंगुरीको बोराहरु नियन्त्रणमा लिएको हो । भदौ ३० गते बिहान ६:२५ बजेको समयमा कटारी नगरापलिका–१ बेलसोत स्थित प्रहरी चौकी बेलसोत अगाडी खटिएको प्रहरी टोलीले पोखराबाट कटारीतर्फ आउँदै गरेको ना ५ ख ६१०० नम्बरको यात्रु बाहक बस चेकजाँच गर्ने क्रममा भन्सार छली ल्याएको १२६ केजी ३ बोरा खुर्सानी र १ बोरा बिडि गरी जम्मा १ लाख ५ सय रुपैँया बराबरको सामान नियन्त्रणमा लिएको एसपी थापाले बताए ।

सोही दिन कटारी–४ जडी स्थित बिरेन्द्र दासले संचालन गरेको गोदाम पसल घरमा प्रहरीले छापा मारेको एसपी थापाले बताए । अवैध रुपमा सुर्ती लुकाई छिपाई राखेको भन्ने गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी निरिक्षक सहितको टोलीले ७१ बोरा कबिर छाप सुर्ती र २ बोरा अंगुरी गरी जम्मा २ लाख बराबरको सामान बरामद गरेको हो । बरामद भएको सामान ईलाका प्रहरी कार्यालय कटारीमा ल्याई थप आवश्यकअनुसन्धान पश्चात आवश्यक कार्वाहिको लागि असोज २ गते ७१ बोरा सुर्ती र २ बोरा अंगुरी आन्तरिक राजश्व अनुसन्धान विभाग कार्यालय ईटहरी सुनसरी र ३ बोरा खुर्सानी र १ बोरा बिडि सुनसरी भन्सार कार्यालय सेतुबाँध कोशी व्यारेज पठाएईएको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0