उदयपुरमा यौनजन्य धन्दा चलाएको आरोपमा ब्रोदर्श रेष्टुरेन्टका सञ्चालक सहित २ जना पक्राउ

पूर्णपुष्टि, भदौ २ । उदयपुरको सदरमुकाम गाईघाटस्थित पिपल चोकमा रहेको ब्रोदर्श रेष्टुरेन्टमा यौनजन्य धन्दा चलाएको आरोपमा सञ्चालक सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा त्रियुगा नगरपालिका वडा नं. १० बस्ने ब्रोदर्श रेष्टुरेन्टका सञ्चालक २७ बर्षीय अनिल शिवा र सिरहाको लहान नगरपालिका वडा नं. १९ बस्ने २८ बर्षीय सतिश कुमार यादव रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) हरिनन्दन चौधरीका अनुसार यौनजन्य धन्दामा नाबालिकाहरुलाई प्रयोग गर्दै आएका उनिहरु विरुद्ध एक पीडीत बालिकाले जाहेरी दिएकी थिईन् । सोही आधारमा उनिहरुलाई पक्राउ गरिएको डिएसपी चौधरीले जनाए । उनिहरु विरुद्ध सोमबार अर्का एक पीडित बालिकाको अभिभावकहरुले पनि प्रहरीमा उजुरी दर्ता गराएका छन् ।

उजरीमा आफ्नो नाबालिका छारीलाई बिभिन्न प्रलोभन देखाई सेवा र यादवले रेष्टुरेन्टमा आएका ग्राहकहरुसँग यौनजन्य कार्यमा संलग्न गराउदै आएको उल्लेख छ । रेष्टुरेन्ट सन्चालक सेवा र यादव मिलेर रेष्टुरेन्टमा आएको ग्राहकहरुसँग ठूलो रकमको मोलमोलाई गरी बालिकाहरुलाई यौनजन्य कार्यमा संलग्न गराउदै आएको समेत उजुरीमा उल्लेख छ ।

बालबालिकाहरुलाई लाहानसम्म पु¥याउदै आउने गरेको र सेवाले रेष्टुरेन्टको माथिल्लो तलमा संचालन गर्दै आएको फेमली गेष्ट हाउसमा यौनजन्य क्रियाकलाप गराउने गरेको अनुसन्धाको क्रममा खुलेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुई जना विरुद्ध मानव बेचबिखन तथा ओसारपसार र जबर्जस्ती करणी कसूर अन्तरगत मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
2
+1
4
+1
1
+1
4
+1
6