कोशी प्रदेशमा एकीकृत समाजवादीलाई फकाउँदै एमाले

पूर्णपुष्टि, २ असोज ।
पटक पटक सरकार फेरवदलले दिगो सरकारबाट चुकेको कोशी प्रदेश अस्थिरतताको बाटोमै छ । तत्कालिन मुख्यमन्त्री हिकमत कुमार कार्कीले यहि असोज २० भित्र विश्वासको मत लिसक्नु पर्ने हुन्छ । तर कार्कीले बिश्वासको मत पाउने कुरामा भने सहज छैन् । संघियताको प्रदेशको दोस्रो कार्यकाल सरकार फेरवदलमै व्यस्त छ । कोशी प्रदेशमा दिगो सरकार नबन्दा प्रदेशको काम कार्वाहीले निरन्तर पाउन नसकिरहेको बेला स्थिर खालको सरकार दिन नेकपा एमालेका नेता र एमालेबाटै विभाजित बनेको नेकपा एकीकृत समाजवादीका नेताबिच भएको भेटवार्ता भएको छ ।

एमाले नेता शेरधन राई र नेकपा एकीकृत समाजवादीका राजेन्द्रकुमार राईबिच आइतबार धरानमा भेटवार्ता भएको हो ।

आपसमा भेट र कुराकानी भएको दुवै नेताले पुष्टि गरेका छन् । रातोपाटीसँग कुरा गर्दै एमाले नेता तथा पूर्वमुख्यमन्त्री राईले प्रदेशको तरल राजनीतिको विषयमा छलफल भएको बताए । तर, अहिले नै ठोस निष्कर्ष निस्कने अवस्था भने नबनेको उनको भनाइ छ ।

‘प्रदेशमा कुनै पनि ठोस स्थिति बनेको छैन । अवस्था तरल नै छ । सम्भावनाका लागि नेकपा एमालेले गठबन्धनभित्रकै कुनै पाटर्नरलाई या त आफूसँग जोड्नु प¥यो । या त मत चोर्नु प¥यो,’ उनले भने, ‘नभए उपधारा ३ को सरकारले विश्वासको मत लिन सक्दैन । त्यसपछि भनेको उपधारा ५ मा जाने भयो ।’

उनले प्रदेशमा दलहरुको अवस्था तरल रहेको कारण उपधारा ५ मा पुगेपछि केही विकल्प रहेको पनि सुनाए । ‘उपधारा ५ मा जाँदा के गर्ने भन्ने कुरामा चाहिँ दुईतीन वटा विकल्प छन् । एउटा कोशी प्रदेशमा सर्वदलीय सरकार बनाउने । सबै दलहरुबिचमा सहमति गरेर आलोपालो गर्ने हो कि, के गर्ने हो १ त्यो भागबण्डा मिलाएर निकास दिनुप¥यो । अर्को भनेको जसले पनि ४७ संख्या पु¥याएर सरकार बन्न सक्ने भएकाले त्यो प्रयासमा दलहरु लाग्न सक्छन्, त्यहाँ पार्टीको ह्वीप लाग्ने भएन,’ उनले भने ।

यदि मध्यावधिमा जान कुनै पनि दल मञ्जुर होइन भने एउटा निकासको बारेमा सिरियस ढंगले छलफल सुरु गर्नुपर्ने एमाले नेता राईको भनाइ छ । उनले भने, ‘त्यस्तो बेला पनि भइसक्यो, के छ तपाईहरुको कुराकानी भनेर उहाँ ९राजेन्द्र राई०सँग गफ भएको हो । स्थिति चाहिँ तरल नै छ । ठोस केही हुन्छ, हुनसक्छ भन्ने अवस्था छैन ।’

राईद्वय भोजपुरका समकालीन नेता हुन् । २०७४ सालको निर्वाचनमा दुवैजना नेकपा एमालेबाट भोजपुरको १ र २ नम्बर निर्वाचन क्षेत्रबाट प्रदेश सांसदमा निर्वाचित भएका थिए । प्रदेशसभाको पहिलो कार्यकालको संस्थापक मुख्यमन्त्री शेरधन राई बन्दा राजेन्द्र राई भने तेस्रो मुख्यमन्त्री बनेका थिए ।
उता, एकीकृत समाजवादीका नेता राजेन्द्र राईले पनि छलफल भएको पुष्टि गरे । ‘हामीले प्रदेशको, देशको सबै विषयमा छलफल गरेका हौँ,’ उनले भने, ‘विश्वासको मत दिनुहोस्, हामी सरकार बनाऔं भन्ने उहाँको कुरा थियो । मैले गठबन्धनलाई पहिलो प्राथमिकता भनेको छु । गठबन्धनबाटै दायाँबायाँ हुने अवस्थामा दोस्रो प्राथमिकता भनेको छु ।’

सत्ता संकटमा परेपछि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेकपा एकीकृत समाजवादीको साथ खोजेको यही घटनाले प्रस्ट पार्दछ । एकीकृत समाजवादीले भने अहिलेकै सरकारलाई नसघाउने बताउदै आएको छ ।

संघीय समाजवादीका नेता तथा पूर्व मुख्यमन्त्री राजेन्द्र राईले छलफल सकारात्मक भए पनि कुनै निष्कर्ष ननिस्किएको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0