बेलका नगर एक्सनमा, अवैध संरचना भत्काउन सुरु 

पूर्णपुष्टि, २ असोज

बेलका नगरपालिकाले नियम बिपरित राजमार्ग क्षेत्र भित्र बनाईएको संरचना भत्काउन सुरु गरेको छ । संविधान दिवसको अवसर पारेर असोज २ गतेबाट नियम बिपरीत रामपुर बजार क्षेत्र भित्र राजमार्ग क्षेत्र अतिक्रमण गरी बनाईएको संरचना भत्काउने कार्यसंगै सरसफाईको कार्य समेत नगरपालिकाले सुरुवात गरेको हो ।

बेलका नगर प्रमुख असोक कार्कीको नेतृत्वमा मंगलबारदेखी उक्त कार्यलाई अघि सरिएको छ । बजार क्षेत्रमा राजमार्ग दायावाया १५÷१५ मिटर क्षेत्रको अतिक्रमित भागको संरचना भत्काईएको मेयर कार्कीले जनाए।

बेलका नगरपालिकाको अगुवाईमा , स्थानीय जनप्रतिनिधी ,उधोग वाणिज्य संघ रामपुर, ईलाका प्रहरी कार्यालय रामपुर, शसस्त्र प्रहरी बल डुडखोला ,नगर प्रहरी, स्थानीय समाजसेवी, राजनैतिक दलका प्रतिनिधीहरु संगै स्थानीयहरुको अगुवाईमा राजमार्गका अवैध संरचना हटाईएको मेयर कार्कीले जनाए ।

अभियानमा बाटोको सिमाना भित्र दायाबाया राखिएको व्यापारिक होर्डिङ बोर्ड , निर्माण सामाग्री संगै टहरा , रुख बिरुवा समेत हटाईएको छ भने केहीलाई चाडै हटाउन निर्देशन गरीएको छ।
बेलका नगरको प्रमुख व्यापारिक क्षेत्र रामपुर बजारको सुन्दरता वृद्धीसंगै सडक दुर्घटना न्युनिकरणका लागि यो अभियान फलदायी हुने बताईएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0