उदयपुर प्रहरीले संञ्चालनमा ल्यायो “नेपाल प्रहरी एप” अब मोवाईलबाटै उजुरी

पूर्णपुष्टि, ३ असोज ।
जिल्ला प्रहरी कार्यालय उदयपुरले प्रहरी सेवालाई प्रविधिमय बनाउने योजना तय गरेको छ । हरेक क्षेत्रमा प्रविधि लागु भैरहँदा सुरक्षा क्षेत्र जस्तो ठाउँमा अझै बढी प्रविधिको आवश्यक पर्ने जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । प्रहरी र पिडितबीच छिटो छरितो र सरल काम कार्वाहीलाई सहज गर्न प्रविधिमय तर्फ उदयपुर प्रहरी अग्रसर रहेको उदयपुर प्रहरी प्रमुख (एसपी) रमेश थापाले बताए । उक्त एप आईफोन र एन्ड्रोईड दुवै बाट प्रयोग गर्न सकिने छ । यो प्रविधि संञ्चालनमा आए सँगै अब भने पिडितहरुले प्रहरी सेवा घरबाटै पनि लिन सकिने थापाले जनाए । अब उजुरी लगायतका अन्य सेवाहरु मोवाईलबाटै गर्न सकिने पनि थापाको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0