एमाले कोशी प्रदेश अधिवेशन : ताप्ली र उदयपुरगढीबाट प्रतिनिधिमा को–को चयन भए ?

पूर्णपुष्टि, ३ असोज ।

एमालेको कोशी प्रदेश अधिवेशन यहि १२ र १३ गतेका लागि तोकिएको छ । उक्त अधिवेशनका लागि प्रदेशका सबै जिल्लाहरुमा प्रतिनिधि चयनका काम समेत तिव्र गतिमा हुँदैछ ।

यसै सन्दर्भमा उदयपुरमा पनि मंगलबारदेखी प्रतिनिधि छनोटको काम सुरु भएको छ । प्रतिनिधि छनोटको काम ताप्ली र उदयपुरगढीमा सम्पन्न भैसकेको छ । उदयपुरगढीबाट प्रदेश कमिटीका उप(सचिव समेत रहेका शैलेस लामा, प्रदेश कमिटी सदस्य गोपाल खत्री र मुक्ति समाज, नेपाल कोशी प्रदेश कमिटि सदस्य संगिता वि.क सर्वसम्मत प्रतिनिधि चयन भएकी छिन् ।

यता ताप्ली गाउँपालिकाबाट भने जिल्ला कमिटी सदस्य बाबुराम राई, कमलमाया राई र बेनि बहादुर नेपाली सर्बसम्मत प्रतिनिधि चयन भएको ताप्ली गाउँपालिका इन्चार्ज समेत रहेका बाबुराम राईले जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0