बेल्दोभानको बरुवा खोला पक्की पुल निर्माणका लागि स्थलगत अनुगमन

पूर्णपुष्टि, ३ असोज ।
त्रियुगा नगरपालिका वडा नं १६ बेल्दोभानमा पर्ने बरुवा खोलामा पक्की पुल लाग्ने भएको छ । नगरको तिन पहाडी वडाहरु १४, १५ र १६ जोड्ने उक्त पुल निर्माणका लागि बिगतबाटै ब्यापक पहल प्रयास भैरहेका थिए । वडाअध्यक्ष मान वहादुर राईले पुल निर्माणबारे इन्जीनियर सहितको टोलीले स्थलगत अनुगमन गरिसकेको जनाए । अब चाँडै डिपिआर पनि तयार हुने राईको भनाई छ । बुधबार प्राविधिक टोली सहित स्थलगतको अनुगमन गरिएको छ । गाईघाट देखी रौता सम्मका लागि सहज र नजिकको गन्तव्यको रुपमा समेत रहेको उक्त पुल निर्माण हुँदा थप सेवा सुविधा यात्रुहरुले पाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1