उदयपुर कारागारका १० जना कैदी कैद मुक्त

पूर्णपुष्टि, भदौ ४ । उदयपुर कारागारका १० जना कैदी रिहा भएका छन् । कारागारमा सजाय काटिरहेका उनिहरुलाई संविधान दिवस २०८० को अवसरमा बुधबार कैद मुक्त गरिएको हो ।

बिभिन्न अपराधमा संलग्न भई सरकारवादी मुद्धामा कारावास सजाय पाएर आधा कैद भुत्तान गरिसकेका असल आचरणका कैदीलाई बाँकी सजाय मिनाहा गर्नै व्यवस्था अनुसार राष्ट्रपती पौडेलबाट उनिहरुको सजाय कट्टा भएको हो । उदयपुरका ७, भोजपुरका १, सुनसरीका १ र सिराहाका १ गरी १० जना कैद मुक्त भएको उदयपुर कारागारका प्रमुख डिगम कार्कीले बताएका छन् ।

उदयपुर कारागारबाट कैद मुक्त हुनेमा कर्तव्य ज्यान मुद्धाका कैदी भोजपुर हतुवागढी गा.पा. ५ का २९ बर्षीय राजन राई र ताप्ली गा.पा.१ का ५० बर्षीय तस बहादुर सुनुवार, डाँका मुद्धाका कैदी कटारी न.पा. ७ का २५ बर्षीय सागर तिखत्री परियार, सवारी ज्यान मुद्धाका कैदी चौदण्डीगढी न.पा. ५ का २६ बर्षीय अन्जन चौधरी, बेलका न.पा. ३ का २८ बर्षीय गोरे भन्ने एकराज वि.क, त्रियुगा न.पा. १३ का ३२ बर्षीय विरेन्द्र राई र रामधुनी न.पा. ३ सुनसरीका २६ बर्षीय रोयल कुमार चौधरी, चोरी मुद्धाका कैदी त्रियुगा न.पा. ३ का २१ बर्षीय सन्देश भन्ने खुसराज राउत र लहान न.पा.१३ सिराहाका २५ बर्षीय अजय कुमार राय र बाल विवाह÷बहु विवाह मुद्धाका कैदी त्रियुगा न.पा. ५ का २९ बर्षीय राजकुमार मगर रहेका छन् ।

चार्डपर्वमा सजाय मिनाहा गरेर कैदमक्त गर्ने प्रावधान अनुसार गृहमन्त्रालय, स्थानिय प्रशासन तथा प्रदेश समन्वय शाखाबाट प्राप्त पत्रअनुसार उनिहरुलाई जेलमुक्त गरिएको कारागारका प्रमुख कार्कीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0