गाईघाटमा मोटरसाईकलले ठक्कर दिँदा स्कुले बच्चा घाईते

पूर्णपुष्टि, ५ असोज ।
त्रियुगा नगरपालिका १२ पुलचोक सगरमाथा बोर्डिङ अगाडी मोटर साईकलले स्कुले बच्चालाई ठक्कर दिँदा ७ बर्षिया बालिका घाईते भएको छ । विद्यालय समयमा बिसनपुरबाट( गाईघाट तर्फ आँउदै गरेको ज ५ प ४९७२ नं। मोटर साईकलले स्कुल जाँदै गरेकी सोही ठाउँका लाल बहादुर मगरको तेरीया मगरलाई ठक्कर दिईएको थियो ।

मोटरसाईकल ठक्करबाट बालिकाको दाहिने हात,दाहिने कान,निधारमा चोट लाग्नुका साथै अगाडिको माथिलोपटि १ वटा दाँत समेत भाँचिएको छ । घाईते बच्चालाई जिल्ला अस्पातल उदयपुरमा सामान्य उपचार पछि थप उपचारको लागि बिराटनगरको न्युरो हस्पिटलमा लगिएको छ । बच्चा बोलचाल गर्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ । मोटर साईकल चालक त्रिनपा १२ कै २७ बर्षिय कपिल चौधरीलाई जिप्रका उदयपुरले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
1
+1
5
+1
0