स्तन क्यान्सर पिडित विमलालाई एसियन लाईफ गाईघाटले दियो २ लाख ५० हजार उपचार खर्च

पूर्णपुष्टि, ५ असोज ।

स्तन क्यान्सर पिडित खोटाङकी बिमला थापालाई एसियन लाईफ इन्स्योरेन्स कम्पनी गाईघाट शाखाले उपचार खर्च बापत २ लाख ५० हजार विमा रकम प्रदान गरेको छ ।

कम्पनीले थापालाई प्राण घातक रोग उपचार सुविधा एसियन सावधिक जिवन बीमा अन्तर्गत उक्त रकम प्रदान गरेको हो । खोटाङ दिप्रुङ चुईचुम्मा गाउँपालिका ५ घर भएकी बिमला हाल भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराईरहेकी छिन् ।

निज बिमितलाई कम्पनीले आवश्यक कागजातको सम्पूर्ण प्रक्रिया पुराई बिना झन्जट रकम प्रदान गरेको शाखा प्रमुख मेनुका (खत्रीले जानकारी दिईन् । बिहिबार शाखा कार्यालय गाईघाटमै बिमलाको श्रीमन बिष्णु बहादुर थापालाई रकम हस्तान्तरण गरिएको बस्नेतले जनाईन् । खत्रीले बीमाबाट पाउने सुविधामा कागज प्रक्रियामा झन्झट हुने भन्ने भ्रममा नपर्न र आवश्यक प्रक्रिया पुराएमा सहजै बिमा बापतको सेवाहरु उपलब्ध हुने जनाईन् ।

बिमलाले ४ बर्ष अगाडी एसियन लाईफ इन्स्योरेन्स कम्पनीमा २० बर्षिय अबधिको २ लाख ५० हजार बराबरको एसियन सावधिक जिवन बीमा गरेकी थिईन् । सोही बिमा योजनाले बिमलालाई उपचारमा थप सहयोग पुराएको छ । उक्त बीमाको ४ किस्ता रकम बिमलाले कम्पनीलाई ७६२०४ मात्रै रकम भुक्तानी गरेकी थिईन् । उनले बार्षिक १९०५१ को दरले किस्ता बुझाउँदै आएकी थिईन । अन्य रकम बुझाउन नपाउँदै बिरामी भएपछि कम्पनीले बीमा अबधी अगावै बिमा रकम बराबरकै उपचार खर्च प्रदान गरेको हो । कम्पनीका अनुसार बिमलाले किस्ता तिरेको ७६२०४ हजार रकम पनि बचतनै रहने नकाटिने सुविधा रहेको जनाए । बिमला गत जेष्ठ देखी बिरामीभै उपचारमा छिन् । उनलाई अस्पतालले क्यान्सर भनेर प्रमाणित गर्ने बित्तिकै कम्पनीले सुविधा बापत उपचार खर्च प्रदान गरेको बस्नेतको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0