नेपाल साफ यु १९ च्याम्पियनसिपको सेमिफाईनलमा

पूर्णपुष्टि, भदौ ८ । नेपाल साफ यु १९ च्याम्पियन सिपको सेमिफाईनलमा प्रवेश गरेको छ । सोमबार दिउँसो दशरथ रंगशालामा भएको खेलमा नेपालले माल्दिभ्सलाई ४–१ गोलले पराजित गर्दै सेमिफाईनलमा प्रवेश गरेको हो ।

नेपालका लागी समिर तामाङले २ गोल गरे । तामाङले पहिलो र दोस्रो हाफमा गोल गरेका हुन् । त्यसअघि खेलको १६औं मिनेटमा प्रशान्त लक्षमले गोल गर्दै नेपाललाई आग्रता दिलाएका थिए । त्यसपछि खेलको २९ औं मिनेटमा समिर तामाङले गोल गर्दै आग्रता दोब्बर पारेपछि पहिलो हाफमा नेपालले २–० को आग्रता लिएको थियो ।

खेलको सुरुबाट नै दबाबमा रहेको माल्दिभ्सले दोस्रो हाफको ५७ औं मिनेटमा एक गोल फर्काएपनि ८८ औं मिनेटमा निराजन धामीले र ९५ औं मिनेटमा समिर तामाङले गोल गरेपछि नेपालले सहज जित हासिल गरेको हो ।

यस खलमा नेपाल र माल्दिभ्सका एक–एक खेलाडीले रातो कार्ड पाउँदै मैदान छाडेका थिए । नेपालका सुजन डंगोल र माल्दिभ्सका कप्तान इयान हसनले रातो कार्ड पाएका हुन् । एकै पटक दुई जनाले रातो कार्ड पाएपछि दुबै टोली १० खेलाडीमा सिमित भएको थियो । नेपालले अब हुने सेमिफाइनलमा भुटान वा भारतसँग खेल्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0