आर्थिक अभावमा प्याँक्रियाज रोगले ग्रस्त उदयपुरका भुपाललाई उपचारमा समस्या

पूर्णपुष्टि, १० असोज ।

उदयपुरको त्रियुगा नगरपालिका वडा नं ७ बागचौरीको भुपाल परियार लामो समयदेखी प्याँक्रियाज नामक रोगले ग्रस्त छन् । बेलाबेलामा सताइरहने यो रोगले परियारलाई परोलिरहेको छ । सानै उमेरमै अन्य रोगका समेत सिकार भएका उनि हाल ३१ बर्षको भए । पैसाको समस्यामा औषधी उपचार अभावले उनि रोगबाट मुक्त हुन सकेको छैन् । नोवेल हस्पिटलको आईसीयुमा राखेर उपचार गराईरहेकोे परियारलाई सहज उपचार गर्न आर्थिक अभाव भएको परियारले जनाएको छ । परिवारले उपचारमा सहयोग गरिदिन सबै समक्ष अपिल समेत गरेको छ ।

घरमा बृद्ध बा र बिरामी आमा बाहेक कोही छैन् । परियारलाई हाल सासुआमाले ऋणपान गरेर उपचार गर्ने कोशिस गरिहेको छ । आफ्नो पनि कहिँ कतै पैसा आउने ठाउँ नभएपछि मिडिया गुहार्दै हिड्नु पर्ने अवस्था आएको सासु इन्दीरा परियारले जनाईन् । परियारको ३ बर्षिय छोरी पनि छन् । बाबु बिरामी भएसँगै आमा रातदिन हस्पिटलमै बस्नु पर्दा नातीनीकोे बिचल्लीत छ । ८ हजार पैसा लगेर हस्पिटल भर्ना गरेको परियारलाई आर्थिक अभावकै कारण उपचार गर्न असहज भएको इन्दीराले बताईन् ।

उपचारमा घरजग्गा सकियो

इन्दीराका अनुसार उपचार गर्दा ज्वाई भुपालको घरजग्गै सकिसकेको छ । घरजग्गा बेचेर उपचार गरिरहेका भुपालको अब वस्ने वास स्थान पनि नभएको उनिले जनाईन् । हाल छोरी ज्वाई म सँगै वस्छन् । उनको घर छैन् ७ लाख उपचारको ऋणनै छ,” अब सहयोग उठान बाहेक अरु बिकल्पै रहेन, कसैको सहयोगले बच्यो भने ठिकै छ नत्र उपाय छैन् इन्दीराले भनिन् । ८ हजार पैसा लगेर उपचारमा गएको छ । हस्पिटलमा कति बिल उठ्यो थाहा छैन् उनले भनिन् ि। उपचारको लागि सहयोगी मनहरुले आर्थिक सहयोग गरिदिनुस उनले अनुरोध गरिन् । सहयोग गर्ने कोही भएमा इन्दीराको नं ९८२२३१५४०८ मा सम्पर्क गरी सहयो गर्न उनले अनुरोध गरेकी छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0