उदयपुरमा भरुवा बन्दुक सहित एक जना पक्राउ

पूर्णपुष्टि, असोज १० । उदयपुरमा भरुवा बन्दुक सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–५ कुसुमेटारका ३१ बर्षीय अमृत तामाङ रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) हरिनन्दन चौधरीका अनुसार तामाङले एक नाले भरुवा बन्दुक घर नजिकै जंगलमा लुकाई छिपाई राखेको भन्ने बिशेष सुचनाका आधारमा इलाका प्रहरी कार्यालय जलजलेबाट खटिएको प्रहरी टोलीले उनलाई भरुवा बन्दुक सहित सोमबार दिउँसो पक्राउ गरको हो । पक्राउ परेका तामाङलाई जिल्ला अदालतबाट हात हतियार खरखजना मुद्धामा म्याद लिई थप अनुसन्धान भईरहेको डिएसपी चौधरीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
2
+1
0
+1
0
+1
0