गाईघाट, बेल्दोभान साल्थुम्की सडकको मर्मत सम्भारमा मेरो सहयोग हुनेछ : सांसद तामाङ

पूर्णपुष्टि, १० असोज ।

प्रदेश सांसद सम्झना तामाङले करमगाछी, बेल्दोभान, सिद्रे साल्थुम्की डहरको सडकलाई सबैखाले सहयोग गर्ने जनाईन् । उनले भनिन् यस सडक मर्मतको लागि समन्य र आवश्यक बजेटमा मेरो महत्वपूर्ण सहयोग रहने छ । त्यस ठाउँको स्थानीयहरुको समस्या सुनेर प्रतिक्रिया दिने क्रममा यस सडकको लागि प्रदेशमा पहल गरिरहेको पनि जनाईन् ।

ऐतिहाँसिक सडक मर्मतमा सरकारको ध्यानाकर्षण नभएको स्वीकार्दै सक्दो सहयोग गर्ने उनिले प्रतिवद्धता जनाईन् । प्रदेश बाट नभएपनि संघमा समन्वय गरी सडक स्तरउन्नत्ति गर्न सहयोग गुर्छ उनले भनिन् । “घरघरमा माओवादी जनजनमा माओवादी” जनता सँग माओवादी बिषेश रुपान्तरण अभियानको क्रममा १५ नं वडा पुगेकी सांसद तामाङले त्यस क्षेत्रको जनताको गुणासो सुनेपछि यस्तो प्रक्रिया दिएकी हुन् ।

आफु पहिलो पटक सांसद भएको र यस सडकको बारेमा भर्खरै मात्र थाहा भएको भन्दै आउँदो दिनहरुमा आवश्यक सहयोग रहने पनि बताईन् । सांसद तामाङले उक्त अभियानमा सोही सडकको वस्तुगत स्थिति समेत हेरेकी छिन् । मामाङले स्थानीय र अभिायन सँग बर्खाले भत्काएको सोही सडकको मर्मत र सरसफाई समेत गरिन् । तामाङ सँगै १६ नं वडाअध्यक्ष तथा पार्टीका त्रियुगा नगर अध्यक्ष मान वहादुर राईले पनि सडक मर्मतमा समन्वय भुमिका रहने जनाए । उनले अब छिट्टै स्तरउन्नति हुने समेत बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0