प्रतिबन्धित औषधी बेच्ने झालाई कार्वाही गर्न औषधी बिभाग गम्भीर नदेखिएको आरोप

पूर्णपुष्टि, ११ असोज ।
पटक पटक प्रतिबन्धित औषधी बेच्दै हिड्ने उदयपुर बेल्टारका बिरेन्द्र झालाई औषधी व्यवस्था बिभाग बिराटनगरमा बुझाएकै दिन घर फिर्ता गरियो । औषधी व्यवस्था बिभगले प्रतिवन्ध लगाएको ट्रामाडोल नामक औषधी बिक्रि व्यवसाय गरेको सूचनाको आधारमा बेल्टार प्रहरीले पक्राउ गरी औषधी व्यवस्था बिभाग बिराटनगरमा बुझाएका थिए ।

स्थानीयहरु सहित बिभागमा बुझाएका झालाई बिभागले सोही दिन छाडेपछि स्थानीयहरुले बिभाग प्रति कार्वाहीमा मिलेमतोको आंशका गरेको छ । बिभागले सहजै झालाई छुटकारा दिएको भन्दै स्थानीयहरु आक्रोस पोखिरहेका छन् । अबैधानिक रुपमा प्रतिवन्धित औषाधी बेच्दै हिड्ने झालाई हदै सम्मको कार्वाही हुनु पर्ने स्थानीयहरुको माग छ । उनलाई दुई काटुन प्रतिवन्धित औषधी सहित बेल्टार प्रहरीले घरबाटै पक्राउ गरेका थिए । कार्वाहीको दायरामा नआउँदा झाले पटक पटक खुलेआम गैरकानुनी औषधी बिक्रि वितरण गर्दै आएको स्थानीय नागरिक समाजहरुको भनाई छ ।

बेल्टारका स्थानीय युवा बुद्ध सुप्तिहाङ राईले झालाई कानुन बमोजिम कार्वाही नगरेको जनाए । पुराएकै दिन सामान्य जरिवाना गरी घर फर्काएको भन्दै कानुन अनुसारको कार्वाहीमा बिभाग चुकेको राईको भनाई छ । राईका अनुसार कानुन अनुसार कार्वाही गर्ने हो भने २५ दिन बिभागले निगरानीमा राखी अनुसन्धान गर्नु पर्ने हो । तर लगेकै दिन झालाई पछि अदालत लैजाने भन्दै फर्काईदियो राईले भने, ।

बिभागमा राख्ने ठाउँ र जनशक्ति नभएको भन्दै झालाई घर पठाईएको स्थानीयहरुको आरोप छ । यति सजिलो कार्वाहीले दोषीलाई थप अपराध गर्न सहज हुने भन्दै बिभागलाई कडा कार्वाही गर्न स्थानीय युवाहरुले ध्यानाकर्षण समेत गराएको छ । किना कार्वाही नगरेको भन्दा आफु सँग राख्ने ठाउँ र जनशक्ति नभएको बिभागले जवाफ दिएको राईको भनाई छ । बिभागमा राख्ने ठाउँ नभएको अवस्थामा म्याद थपिदिएको भए प्रहरीले राख्न मिल्ने अवस्था रहने थियो, तर त्यो पनि गरेन राईले भने । म्याद पनि नथप्ने अनि बिभाग आफुले पनि कार्वाही नगर्ने भन्दै स्थानीय नागरिक समाजले बिभागप्रति शंका गरेको हो ।

यता औषधी बिभाग बिराटनगर शाखाका औषधि निरिक्षक दिपेन्द्र खड्काले झालाई कार्वाही चलाएको जनाए । उनले ५० हजार धरौटीमा झालाई बिभागको निगरानीमा राखेर छाडिएको जनाए । झालाई उदयपुर जिल्ला अदालतमा बुझाउने बिभागको तयारी रहेको समेत खड्काले जनाएको छ । अब उसलाई यतिकै छाड्न मिल्दैन केहि दिन पछि हामि उदयपुर जिल्ला अदालत उपस्थित गराउँने छौ”, स्थानीयहरुले नबुझेको हो तर हामिले उसलाई कार्वाहीको दायरामै राखेका छौँ, “खड्काले भने, ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
3
+1
1
+1
0
+1
1