एनटिभी पूर्व समाचार निर्देशक थापाको नेतृत्वमा उदयपुर समाज काठमाडौं” गठन, जिल्लाको समग्र विकासमा सहयोग मुल उद्देश्य

पूर्णपुष्टि, असोज १३ ।
उदयपुरको समग्र विकासमा सहयोग पुर्याउने उद्देश्य बोकेर एक सामाजिक संस्था स्थापना भएको छ । नेपाल टेलिभिजनका पूर्व समाचार निर्देशक एवम् बरिष्ठ पत्रकार मनोहरी थापाको अध्यक्षतामा “उदयपुर समाज, काठमाडौं” नामक संस्था स्थापना भएको हो । टेलिभिजनबाट अबकासपछिको जीवनलाई सामाजिक क्षेत्रमा समर्पित गर्दै संस्थाको नेतृत्व थापाले गरेका छन् । उनले स्वतन्त्रढंगले सबै उदयपुरेलाई समेटर संस्था अगाडि बढाउने बताए । “हामी उदयपुरको समग्र विकासमा सहयोग गर्न चाहन्छौं” उनले भने “स्वतन्त्र ढंगले यसमा सबै उदयपुरेलाई समेट्नेछौं ।”
संस्थाले मानवीय सेवा, विपदमा परेकालाई सहयोग, शिक्षा, स्वास्थ्य, वातावरण र विकास निर्माणका लागि विषयविज्ञेता उपलब्ध गराउने अध्यक्ष थापाले बताए ।
संस्थाको उपाध्यक्षमा इश्वर निरौला र सन्दिप बस्नेत, महासचिवमा बसन्तकुमार बस्नेत, सचिव रामबहादुर कार्की, कोषाध्यक्ष पमिका राई छन् । सदस्यहरुमा पुकार थापा, सन्तोषसिंह कार्की, लिला शाही ठकुरी, महेशकुमार बस्नेत र समृद्धि राज्यलक्ष्मी राणा छन् ।
जिल्लाको आठै पालिकाको सहभागिता समेटिएको संस्थामा सरकारी सेवाबाट निबृत्त उच्च पदस्थ राष्ट्रसेवकहरु र निजी क्षेत्रका अधिकारीहरु सम्लग्न छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0